बजेट अधिवेशनमा सय कानुन

बजेट अधिवेशनमा सय कानुन

काठमाडौं : वैशाख २३ मा सुरु हुने संसद्को बजेट अधिवेशनले संविधान कार्यान्वयनसँग जोडिएका महŒवपूर्ण सयभन्दा बढी कानुन निर्माण गर्नुपर्ने भएको छ । बजेट अधिवेशन भए पनि दर्जनौं नयाँ कानुन बनाउनुपर्ने भएकाले आगामी अधिवेशन विधेयक अधिवेशनका रूपमा सञ्चालन हुने सरोकारवालाको भनाइ छ ।

संविधान जारी भएको तीन वर्ष पुग्न लागेकाले ४ महिनाभित्र मौलिक हकसम्बन्धी दर्जनौं कानुन बनाउनुपर्नेछ । संविधानको धारा ४७ ले मौलिक हकसम्बन्धी कानुन संविधान जारी भएको तीन वर्षभित्र बनाउनुपर्ने समयसीमा तोकेको छ । ‘हामीसँग अब ४ महिनाभन्दा थोरै समय छ’, कानुनमन्त्री शेरबहादुर तामाङले भने, ‘आगामी अधिवेशनबाट एक सय कानुन बनाउनुपर्नेछ ।’ उनले मौलिक हकसम्बन्धी विधेयक धमाधम निर्माण भइरहेको जानकारी दिए । ‘आगामी अधिवेशनमा सरकारले पर्याप्त बिजनेस दिन्छ’, उनले भने, ‘बजेट अधिवेशन भए पनि संसद्ले कानुन निर्माणमा पर्याप्त समय दिनुपर्ने अवस्था छ ।’ संविधानले स्वच्छ वातावरणको हकदेखि सबै नागरिकलाई रोजगारी दिने मौलिक हकको व्यवस्था गरेको छ ।

अधिवेशनको सुरुमा बजेटको कामसँगै कानुन निर्माण पनि अघि बढाउनुपर्ने कानुनमन्त्री तामाङको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १ गते सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रिबजेट छलफल गरी जेठ १५ मा बजेट प्रस्तुत हुनेछ । सभामुख कृष्णबहादुर महराले असारभित्र बजेट पारित गर्ने कार्यतालिका बनाइसकेका छन् ।

कानुन निर्माण गर्न संसदीय समितिको गठन सकेसम्मा छिटो हुनुपर्ने देखिन्छ । संसदीय समितिको संख्या र फौजदारी अभियोगमा सांसदलाई निलम्बन गर्ने नगर्ने विवादले प्रतिनिधिसभाको नियमावली टुंगिन सकेको छैन । ‘चार महिनामा सय वटा कानुन बनाउने हो भने जतिसक्दो चाँडो नियमावली टुंग्याएर संसदीय समिति गठन गरी नेतृत्व पनि चयन गरिसक्नुपर्छ’, संसद् सचिवालयका एक उच्च अधिकारीले भने ।

कानुनमन्त्री तामाङले कानुन निर्माणमा संसद् क्रियाशील हुने विश्वास व्यक्त गरे । ‘तोकेको समयभित्र सबै तहका चुनाव गरेर संविधान कार्यान्वयनमा महत्वपूर्ण चरण पार गरिसकेका छौं’, उनले भने, ‘अब संविधान कार्यान्वयनसम्बन्धी महŒवपूर्ण कानुन निर्माणमा सरकार र संसद् क्रियाशील हुनुपर्छ ।’ उनले ४१ वटा विषयसँग सम्बन्धित सय कानुनका मस्यौदा भइरहेको जानकारी दिए । सरकारले केही दिन अघि जारी गरेका चार अध्यादेश प्रतिस्थापन गर्ने विधेयकदेखि दर्जनौं ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । कानुन मन्त्रालयले प्रदेशसभाले पारित गर्नुपर्ने नमूना कानुन बनाएर प्रदेशमा पठाइसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.