चार सवारी साधन ठोक्किदा आगलागी, दुई घाइते

चार सवारी साधन ठोक्किदा आगलागी, दुई घाइते

महादेववेशी (धादिङ) : पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ महादेवबेसीमा चारवटा सवारी ठोक्किदा आगलागी भएको छ।घटनामा दुईजना सामान्य घाइते भएका छन्। 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। मोटरसाइकलाई जोगाउने क्रममा सिमेन्ट बोकेको ट्रक गजुरीतर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ।जुधेकै ट्रकमा धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुगेको थियो। 

४ वटा सवारी साधन ठोक्किदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको महादेवबेसी प्रहरीले जनाएको छ। आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको छ। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

घटनापछि साढे २ घण्टा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासी र सदरमुकामबाट गएको नीलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएर राजमार्गलाइ एकतर्फी रुपमा सूचारु गराएको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.