धरान : नेपालको माइक्रोकोज्म

धरान : नेपालको माइक्रोकोज्म

धरानका केटाहरू हक्की, झक्की र मापाको भन्ने मान्यता थियो जुुन बेला म पढ्न भनेर काठमाडौं आएको थिएँ सन् १९७० तिर। घरबेटीहरू धरानका भनेपछि कोठा बहाल दिनलाई हिच्किचाउँथे। घरबहालको साटो मुुक्का पो पाइने हो कि भनी डर मान्थे उनीहरू। धरानका केटाहरू रहुुसे हुुन्थे— गाउने, बजाउने, नाच्ने। एकपटक काठमाडौं पाकोको डेरामा साथीहरू मिलेर खूब गाएका थियौं गिटार बजाउँदै। हामीलाई लागेको थियो— हाम्रो गीत सुुनेर घरबेटीले पनि रमाइलो मानिरहेका होलान्। तर, भोलिपल्ट बिहानै घरबेटीले जंगिँदै ‘मेरो घर कुुनै क्लब या भट्टी होइन। खाली गर्नुुप‍र्‍यो आजै, अहिल्यै’ भने। तिनले भट्टी भने पनि हामी कसैले रक्सी खाएका थिएनौं। धरानेहरूको छवि नै त्यस्तो थियो जसका कारण हाम्रो सांगीतिक उद्गारलाई नशाको परिणाम ठाने होलान् तिनले।

अंग्रेजी भाषा बुुझ्ने र बोल्ने पनि। अंग्रेजी भाषाका म्यागेजिन, किताब र कमिक्स पढ्ने। अंग्रेजी गीत पनि गाउने। रेला गर्नुुपर्ने, जोक भन्नुुपर्ने। कोही झ्यापुुल्ले कपाल पालेका। लवाइ–ख्वाइ पनि बेग्लै भएका धरानेहरू छुुट्टै देखिन्थे। अंग्रेजीसितको लसपसले गर्दा उनीहरूलाई दार्जिलिङका ठान्नेहरू पनि थिए। किनभने अंग्रेजी भाषामा त्यतिन्जेल दार्जिलिङकै एकाधिकार रहेको मानिन्थ्यो।

धरानेहरूको यस्तो छवि बन्नुुमा धराने संस्कृति जिम्मेवार थियो। वास्तवमा निर्माणकालदेखि नै धरान एउटा सांस्कृतिक खड्कुुलो जस्तो रह्यो। यस्तो खड्कुुलो जसमा विभिन्न धातुु गालेर बेग्लै पदार्थ निकाल्न सकिन्छ, अंग्रेजीमा भनिने ‘मेल्टिङ पट’। यसमा देशभित्रका, देशबाहिरका र पाश्चात्य प्रभाव पनि पर्न गयो। यी सबैको सम्मि श्रणबाट एउटा यौगिक संस्कृति हुुर्कियो। सायद त्यसैको उत्पादन हामी थियौं। उसबेला काठमाडौंमा हाम्रो पुुस्ताले त्यही संस्कृतिको प्रतिनिधित्व गरिरहेको थियो।

धरानको भौगोलिक अवस्थिति पनि यस्तै मिसमासे संस्कृतिलाई जन्म दिने खालको छ। इतिहास पनि त्यस्तै छ। पहाड र मधेसको सन्धिस्थलमा बसेको धरान अलिअलि मधेस हो, अलिअलि पहाड हो। सायद पहाड धेरै हो। यद्यपि मधेसको गुुण पनि यसले समेटेको छ। यहाँका मानिसले मासको दालका साथै मसुुरो दाल खान सिकेको उहिल्यै हो।

श्री ३ चन्द्रशमशेरले सन् १९०२ तिर बसाएको भनिएको धरानमा विभिन्न कालखण्डमा विभिन्न दिशाबाट मानिसहरू आए। उनीहरूले आफूसाथ नानाविध संस्कृति पनि लिएर आए। कालान्तरमा अनेक थोक घटित भए। जनसांख्यिक बनावट पनि बहुुविध थियो— सबै जातको फूलबारी।

पुुरानो र नयाँबजारको केन्द्रीय भागमा नेवार समुुदायको बसोबास बहुुतायत थियो। कहिलेदेखि आएका हुुनन् कुुन्नि, उनीहरूसित कुुममा कुुम जोडेर बस्नेमा मारवाडी समुुदायका मानिस पनि कम थिएनन्। केही मुुस्लिम परिवार पनि थिए धरानमा। जुुत्ता साइकलदेखि सबैथोक पाइने समसुुल हकको किराना पसल बजार अड्डामा सबभन्दा ठूलो थियो।

नजिक भएकाले धनकुुटातिरबाट यहाँ आउने मानिसहरूको मात्रा अरू हेरी केही बढी थियो होला, तर मानिसहरू सबैतिरबाट आएका थिए धरानमा। उनीहरूको नाउँबाटै उनीहरू कहाँबाट आएका हुुन् त्यो थाहा लाग्थ्यो। चित्लाङबाट आएका चित्लाङे र तेह्रथुुमको जलजलाबाट आएकालाई जलजले भनेजस्तै यहाँ पाल्पाली, दिङ्लाली, खराङे, दोभाने, चैनपुुरे, धुुलिखेले, बनेपाली, दुुङ्माली, पाँचथरे भन्ने चिनारी बोकेका मानिसहरू थिए। काठमाडौंबाट आएका ‘नेपाले’ थिए। दार्जिलिङे, खरसाङे, कालेबुुङे, भोटाङे, देहरादुुने नाउँबाट चिनिनेहरू पनि थिए। मणिपुुरबाट आएका एक व्यक्तिले राणा शासनविरुद्ध क्रान्तिमा खेलेको भूमिका त इतिहासमै अंकित छ।

अस्पतालका डाक्टर, कम्पाउन्डर, ड्रेसर प्रायः बंगाली हुुन्थे। गाडी मिस्त्री, हजाम, धोबी, टेलर, हलुुवाई र मेहतरसमेत भारततिरैबाट आएका थिए। स्कुुलका मास्टर र पछि कलेज खुुलेपछि त्यहाँ पढाउने शिक्षकहरू बंगाली वा बिहारी हुुन्थे। धरानले शिक्षाको उज्यालो राणाकालमै पाइसकेको थियो। हाइस्कुुल, बालिका स्कुुल, पिण्डेश्वर संस्कृत विद्यालय र सार्वजनिक विद्याभवन नामक पुुस्तकालय उसै बेला खुुलिसकेका थिए।

पूर्वी नेपालको प्रमुुख नाका भएकाले पहाडी भागका चिराइतोलगायत जडीबुुटी, आलुु, सुुन्तला, अदुुवा र अन्न धरान भएरै जान्थे भारतीय बजारमा र उताबाट नुुन सुुनदेखि, मरमसाला, लत्ता कपडा, चिनी–मिसरी, चुुरापोते, मट्टितेल यावत् वस्तुु धरान हुुँदै पहाडतर्फ लगिन्थे। यस व्यापारिक कारोबारले धरान छिटै गुुलजार पारेको हुुनुुपर्छ।

भावरको जस्तो उखरमाउलो गर्मी नहुुने, जाडो मलुुवा हुुने र वर्षा अधिक हुुने धरानको प्राकृतिक विशेषता अर्को आकर्षण रहेको हुुनुुपर्छ। चारकोसे जंगलदेखि दक्षिणतर्फको समतल भूभागलाई तरी भन्ने गर्थे उस बेला र तरीलाई औलोको घर मानिन्थ्यो। त्यसबाहेक बनैया जन्तुु र बिखालुु सर्पको बिगबिगी थियो तरीमा। चारकोसे जंगलले केही हदसम्म सुुरक्षा घेराको काम गरेको हुुनुुपर्छ ती दुुवै थोकविरुद्ध। त्यसले पनि यहाँको आवादी बढाउन सघाएको हुुनुुपर्छ।

जानिफकारहरूका अनुुसार सन् १९३३ मै धरानमा गाडी पुुगेको थियो र सन् १९४७ देखि त जोगबनीसम्मको नियमित बस सेवा थालिएको थियो। त्यो यात्रा पूरा गर्न दुुई दिनसम्म लाग्न सक्थ्यो, त्यो बेग्लै कुुरा हो। गाडी चल्ने कारणले पनि दस दिशाका मानिस यहाँ आउन प्रेरित भए हुुनन्।

नेपालमा राणा शासनको अन्त्य भएपछि ब्रिटिसहरूले धरानमा सैनिक भर्ती केन्द्र खोल्ने भए। उप्रान्त नेपालीहरूले ब्रिटिस सेनामा भर्ती हुुनलाई दार्जिलिङको घुुम या गोरखपुुरको कुुनाघाट गइरहन नपर्ने भयो। ब्रिटिसहरूले धरानको सिरानमा रहेको फुुस्रेमा पाल र टहराहरूको अस्थायी शिविर खडा गरे सन् १९५३ तिर। स्थायी र पक्की क्याम्प बनाउनलाई उनीहरूले घोपामा चारकोसे जंगलको मुुखलाई रोजेका थिए। त्यसनिम्ति सबभन्दा पहिले खानेपानीको जोहो गर्ने र जोगबनीसम्मको सडक बनाउने काम थाले। धरानवासीले ल्यान्डरोभर, वान टन, टुु टन, थ्री टन लरी, डम्पर, डोजरजस्ता यातायातका साधन नजिकबाट पहिलोचोटि देख्न पाए। फुुस्रे क्याम्पको हाताभित्र खुुला मैदानमा सिनेमा पनि देखाउँथे बेलाबेला।

धरानवासीले ‘इङ्लिस’ सिनेमा पनि हेर्ने मौका पाए। आयोजनामा काम गर्न आएका गोरा साहेब र तिनका मिमलाई नजिकबाट देख्न पाए। त्यहाँ काम गर्नलाई आएर डेरा गरिबसेका दार्जिलिङे बाबुुहरूसित पनि धरानवासीको संगत बस्यो। दार्जिलिङे बाबुुहरू नेपाली त बोल्थे तर बेग्लै लवज र पारामा। उनीहरू मुुकलिस वा फिट्टो आएका थिए सुुरुमा। पछि उनीहरूका जहान, बालबच्चा आए। बाबुुहरूको संख्या पनि थपियो। उताका मानिसको आवतजावत बढ्यो। उनीहरूसँगसँगै मोमो आयो, थुुक्पा आयो, गीत आयो, गिटार आयो। ‘क्लर्क भर्ती’मा भाग्य अजमाउन त हरेक वर्ष दार्जिलिङे तन्नेरीहरूको बथान नै आउँथ्यो।

समय जति नै बदलिए पनि सहस्र स्रोतहरूको सम्मि श्रणबाट निर्मित धरानको चुुरो यौगिक संस्कृति बदलिएको छैन जसलाई धरानले नेपालको लघुु प्रतिरूप वा ‘माइक्रोकोज्म’ बनेर प्रस्तुुत गरिरहेको छ।

विशाल क्षेत्रफल ओगटेको घोपा क्याम्प बन्दै गर्दा र बनिसकेपछि धरानवासीले धेरै नौला कुुरा देख्न पाए। त्यहाँ बनेका सपाट छानाका एकतले घरहरूमा हलो कंक्रिट ब्लकहरूको प्रयोग भएको देखे। हाइलेभल पानी ट्यांक देखे। बिजुुली अटुुट बलेको देखे। स्विमिङ पुुल, १८ होलको गल्फ कोर्स, एक इन्जिनको हवाईजहाज ओर्लन सक्ने एअरपोर्ट, ढलको फोहोर तह लगाउने संयन्त्र, टेनिसकोर्ट, फ्लसयुुक्त शौचालय इत्यादि देखे। थप, ७५ शय्याको ब्रिटिस मिलिटरी हस्पिटलबाट उनीहरू धेरै हदसम्म लाभान्वित पनि हुुन पाए।

अनि सन् १९५४ मा भारतले कोसीमा बाँध बनाउनलाई नेपालसित सन्धि गरेपछि ‘कोसी प्रोजेक्ट’ सुुरु भयो। त्यस आयोजनाको मुुख्य फिल्ड अफिस धरानमा राखियो फुुस्रे बजार नपुुग्दै केही तलको फाँटमा। त्यहाँ उनीहरूले कर्मचारी आवास र कार्यालयका लागि ससाना एकतले घर बनाए एस्बेस्टोसका छाना भएका। एस्बेस्टोसको प्रयोग सम्भवतः नेपालमा पहिलोपटक त्यहीँ भएको थियो। त्यस ठाउँलाई मानिसहरूले ‘इन्डियन कोलोनी’ भन्न थाले। दसैंको महानवमीका दिन आफ्ना औजार र अस्त्रहरूलाई पूजा गर्दै आएका धरानेहरूले असोज १ गतेका दिन विश्वकर्मा पूजा भनेर बडो धूमधामका साथ मनाउने गरेको र कालीगढहरूका ती देवताको काल्पनिक प्रतिमा पहिलो चोटि देखेका त्यही कोलोनीमा हो। अहिले यो चलन सर्वत्र फैलिएको छ। विश्वकर्मा पूजाको अवसरमा पब्लिकलाई प्रसाद बाँडिन्थ्यो र सित्तैमा खुुला आकाशमुुनि सिनेमा पनि देखाइन्थ्यो। त्यति बेला धरानको शिवसिनेमा बनेकै थिएन।

सप्तकोसीउपर भीमनगरमा बनेको जुुन बाँध आज छ, त्यो धरानको सर्दुु खोलामाथि र फुुस्रेपारिको पूरै डाँडो ताछेर लगिएको रोडाढुुंगा र माटोबाट बनेको हो। त्यसका लागि घिर्लिङ बनाइएको थियो सर्दुुको डिलनेर अचेल स्टेडियम रहेको ठाउँबाट धेरै नजिक। त्यहाँबाट न्यारो गेजको रेलले लैजान्थ्यो ती वस्तुुलाई बाँध निर्माणस्थलसम्म। घोपाबाट मानिसहरू चकरघट्टी र भीमनगरसम्म जान्थे रोड–गिट्टी ओसार्ने त्यो सानो रेल चढेर। कोसी प्रोजेक्टकै कारण धरानवासीले घिर्लिङ देख्न पाए र थोरै दूरीको भए पनि रेल चढ्न पाए।

अहिले म्यानमार भनिने बर्मामा जनरल ने विनले सन् १९६२ मा सत्ता हातमा लिएपछि उनले सारा उद्योगधन्दा र व्यापारको राष्ट्रियकरण गरे। विदेशीहरूको मुुठीमा रहेको अर्थतन्त्रलाई बर्मेलीहरूको हातमा फर्काउने अभीष्टले उनले त्यो कदम चालेका थिए र उनको कदम मूलतः चिनियाँ तथा भारतीयहरूप्रति लक्षित थियो। तर, घानमा त्यहाँका नेपालीहरू पनि परे। ठूलो संख्यामा नेपालीहरू बर्मा छाडी नेपाल फर्के। त्यसरी फिर्ता आएकाहरूलाई राजा महेन्द्रको सरकारले नेपालको दक्षिणी सीमाक्षेत्रमा पूर्वदेखि पश्चिमसम्मै पुुनर्बास गराउने काम ग‍र्‍यो। त्यसै बेला हो नेपालका धेरै ठाउँमा ‘बर्मेली टोलहरू’ प्रादुुर्भाव भएका।

धरानमा अन्यत्र जस्तो बर्मेलीहरूको सघन बस्ती त खडा भएन, तैपनि उनीहरूको गतिलै संख्या धरानको भागमा पनि प‍र्‍यो। पुुरुषहरू मूलतः बढ्दै गरेको बस व्यवसायमा लागेका थिए। महिलाहरू पनि बाध्यताले हो वा पहिलेबाटै सँगालेको अनुुभवले गर्दा हो सानातिना स्वतन्त्र कारोबार गर्थे। उनीहरू आपस्तमा बर्मेलीमै कुुरा गर्थे भने उनीहरूले बोल्ने नेपालीको लवज केही भिन्न थियो। उनीहरूको आगमनले धरानका महिलाहरूको पहिरनमा भने एउटा क्रान्ति नै ल्याइदियो। बर्माबाट आएका ती महिलाहरू फरियाको सट्टा लुुंगी लगाउँथे। लुुंगी बिलकुुल नौलो पहिरन त थिएन धरानका लागि। मलाया–सिंगापुुर गएका लाहुुरेनीहरूले त्यो पहिरन भिœयाइसकेका थिए। तर पनि लुुंगी लगाउने चलनलाई व्यापक बनाउनमा भने बर्मेलीहरूकै योगदान प्रमुुख रहेको मान्नुुपर्छ।

सन् १९६० को दशकको उत्तराद्र्धतिर नेपालीहरूकै अर्को हूलले प्रवेश ग‍र्‍यो र धरानलाई आफ्नो बसोबासको थलो बनायो। यो प्रवेश समूहगत थिएन तैपनि यसले केही न केही प्रभाव धरानको समाजमा पा‍र्‍यो। पूर्वी पहाडका विभिन्न ठाउँबाट आसाम पसेका र त्यहाँ केही कमाइ गरेर फर्केकाहरूले धरानलाई आपूm अनुुकूल पाए। मधेसतिर दुुईचार बिघा खेती किनेर त्यसबाट आउने दाल–चामल खाँदै केटाकेटी पढाउँदै बस्नलाई यो ठाउँ रोजे। आसाममा पशुुपालन वा कृषिकर्ममा लागेर आएका यी मानिसहरू देश खाई शेष भएका व्यवहारपटुु र अपेक्षाकृत चलाख थिए। बोली सुुनेर उनीहरूलाई बाहिरबाट आएका भन्न सकिन्न थियो। भर्खर भोजपुुर या तेह्रथुुमबाट झरेका झैं लाग्थे। पहिरनमा पनि खासै फरक पाइन्न थियो। सुुरुवाल र टोपी लगाएकै हुुन्थे। एक दुुई–एक दुुई गर्दै आएका आसामेहरूको खरिदले घडेरीको मोल बढाउने काम ग‍र्‍यो। उनीहरूको रुचि व्यापारबाहेक शिक्षा र राजनीतिमा बढ्ता थियो।

भर्ती जाने बेलामा जस्तोसुुकै अवस्था भए पनि पल्टनबाट ‘छे महिनाको’ छुुट्टीमा आउँदा मलायाका लाहुुरेहरू ‘बुुटजुुत्ता’ कसेर आउँथे। आफ्नो नाम र पल्टनको नम्बर अंग्रेजीमा लेखिएको ठूला साइजका ट्यांका र लत्ताकपडाको गुुन्टा भरियाको लस्करलाई बोकाएर पहाड उक्लने लाहुुरेहरू पनि सेवानिवृत्त भएर आउँदा भने पहाड चढ्न गाह्रो मान्न थाले र धरानको मैदानलाई नै बसोबासको थलो बनाउनेतिर लागे। कालान्तरमा लाहुुरेहरूको सघन बसोबासका कारण धरानले लाहुुरेहरूको सहर भन्ने विशेषण पायो। पब्लिक–प्राइवेट पार्टनरसिपको नीति अन्यत्र पनि लागू नभएको होइन। तर, धरानमा झैं त्यसको प्रतिफल अन्यत्र देख्न सकिएन। यहाँका सुुन्दर भवन र फराकिला सडकहरूमा लागेको लाहुुरे छाप अमेट छ।

हाम्रो परिवार धनकुुटाबाट विराटनगरमा केही काल बिताएर धरानमा आएर बस्दाखेरि आधाउधी धरान जंगल नै थियो। आवादी पातलो थियो। विजयपुुरका मानिसले घोपाका मानिस चिन्थे, फुुस्रेका मानिसले बाँझगराकालाई। पानमारा र चकरघट्टी त दुुर्गम लाग्थे। खोला खोला थियो, बगर बगर थियो, वन वन नै थियो।

अहिले धरानको आकार र आयतन कता हो कता फैलिएको छ। धेरै कुुरा फेरिएका छन् बितेका दशकहरूमा। हरेक सहरको रूपान्तरणको आफ्नै गतिशास्त्र हुुन्छ र संस्कृतिले त्यहीअनुुसार काँचुुली फेर्छ। निःसन्देह धरान रुपान्तरित भइरहेको छ। तर, समय जति नै बदलिए पनि सहस्र स्रोतहरूको सम्मि श्रणबाट निर्मित धरानको चुुरो यौगिक संस्कृति बदलिएको छैन जसलाई धरानले नेपालको लघुु प्रतिरूप वा ‘माइक्रोकोज्म’ बनेर प्रस्तुुत गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.