इन्धनको मूल्य वृद्धि विरुद्ध पाँच विद्यार्थी संगठन आन्दोलित
काठमाडौं : नेपाल आयल निगमले बुधबार रातिबाट लागि हुने गरी गरेको इन्धनको मूल्य वृद्धिको विरोधमा विभिन्न पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।
दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य वृद्धि फिर्ता गर्न समेत पाँच विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) अनेरास्ववियु, अखिल (छैठौ) र संघीय विद्यार्थी फोरमले मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा वक्तव्य सार्वजनिक गर्न माग गरेका हुन् । ‘नेपाल आयल निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरेर जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने तर्फ पूर्ण रुपमा उदासिन भइ केबल मूल्य समायोजनका नाममा एकोहोरो रुपमा गरिएको मूल्य वृद्धिप्रति हाम्रो घोर आपत्ति रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्यवृद्धि तत्काल खारेज गर्न सम्बन्धित पषलाई जोडदार माग गर्दछौँ, हाम्रो सालिन आग्रह सम्बोधन नभए सडक संघर्षमा उत्रन बाध्य हुनेछौँ ।’
प्रतिक्रिया दिनुहोस !