लमजुङमा यातायात सेवा रोक्ने समितिका पाँच पदाधिकारी पक्राउ

लमजुङमा यातायात सेवा रोक्ने समितिका पाँच पदाधिकारी पक्राउ

बेसीशहर : सार्वजनिक सवारीसाधन बन्द गर्ने यातायात व्यवसायी समितिका पाँच जना पदाधिकारीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाईलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुद्धीसागर पुरीले जानकारी दिए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पदाधिकारीको खोजी भैरहेको उनले बताए ।सार्वजनिक यातायात बन्द गर्ने पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिनासाथ प्रहरी प्रशासन सक्रिय भएको हो । 

लमजुङमा लमजुङ कालिका यातायात सञ्चालक समिति र पृथ्वी राजमार्ग बस सञ्चालक समितिले यातायात सञ्चालन गर्दै आएका छन् । यी दुवै समितिले शुक्रबार यातायात चलाएका छैनन् । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई लाई पक्राउ गर्न निर्देशन दिएका दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.