सिन्धुलीको धुराबजारमा कुकर बम
सिन्धुली : सिन्धुलीको धुराबजारमा कुकर बम नेपाली सेनाले डिस्पोज गराएको छ। विप्लव समूहले नेपाल बन्दको आह्वान गरेकै दिन सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा विस्फोटक बस्तु फेला परेको प्रहरीले जनाएको छ । कमलामाई नगरपालीका ६ धुरा बजारमा प्रेसरकुकुर भेटिएको सिन्धुलीका डिएसपी विनोद शर्माले बताए । बिहान करीब ३ बजेको समयमा बम राखिएको हुन सक्ने प्रहरीको भनाई छ ।
बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको शर्माले बताए । शनिवार बिप्लव माओवादीले गरेको बन्दलाई लिएर बम राखिएको हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वबन्दको प्रभाव आंसिकरूपमा परेको छ ।