जन्मथलो ढिकुरपोखरीमा घडेरी खोज्दै प्रचण्ड

जन्मथलो ढिकुरपोखरीमा घडेरी खोज्दै प्रचण्ड

पोखरा : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जन्मभूमि कास्कीको ढिकुरपोखरीमा घर बनाउने भएका छन्। चितवन बसाईं सर्न ५६ वर्षअघि जायजेथा बेचेर आमाबाबुले परिवारसहित छाडेको ढिकुरपोखरीमा प्रचण्डले शनिबार घडेरी खोजेका हुन्। 

ढिकुरपोखरीको लेबाडेमा जन्मिएका प्रचण्डको पुख्र्याैली जग्गाजमिन यहाँ छैन। घर बनाउन उनले अरुकै जग्गा किन्नुपर्नेछ। अन्नपूर्ण हिमशृंखलासमेत देखिने पाखोबारी प्रचण्डले मन पराएको पार्टी स्रोतले बताएको छ। 

पोखराका पुराना पर्यटन व्यवसायी हरिध्वज तुलाचनको स्वामित्वमा रहेको जमिन प्रचण्डले मन पराएका हुन्। तुलाचनले त्यहाँका स्थानीय दाहालको जमिन २०४२ सालमा किनेका थिए। आफूसँग भएकोमध्येबाट ५ रोपनी जमिन किन्न प्रचण्डले चासो देखाएको तुलाचनले जानकारी दिए। ‘निधो भइसकेको छैन, पछि निर्णय गर्छु भन्नुभएको छ’, उनले अन्नपूर्णसँग भने। त्यहाँ तुलाचनको झन्डै डेढ सय रोपनी जमिन छ। 

तुलाचनको जमिन पोखरा—बागलुङ राजमार्गबाट ३ सय मिटर भित्र  छ। हिमालसमेत देखिने र राजमार्ग छेउछाउको जमिनको भाउ अचेल रोपनीकै करोड रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन्। पहिलाको ढिकुरपोखरी गाविस अहिले अन्नपूर्ण गाउँपालिकाको १ भएको छ। 

शनिबार प्रचण्ड घडेरी खोज्न पत्नी सीता, छोरी, नाति प्रसिद्ध र परिवारका अरु सदस्यका साथ ढिकुरपोखरी पुगेका हुन्। घडेरी खोज्न जाने क्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारीसमेत गरेका थिए। ‘मलाई अझै पनि यहाँका वनपाखामा दाउराघाँस गरेको सम्झना आउँछ’, प्रचण्डलाई उद्धृत गर्दै एक माओवादी नेताले भने। स्थानीय बासिन्दाले प्रचण्ड ढिकुरपोखरी बसाइँ आइदिए गाउँकै विकास हुने बताएका थिए। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाउँमा सबैभन्दा ठूलो समस्या खानेपानीको रहेको प्रचण्डलाई सुनाएका थिए। 

यसअघि १९ फागुनमा राजधानीमा आयोजित अन्नपूर्ण—काठमाडौं समाज नेपालको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले जन्मथलोमा घर बनाउने चाहना सार्वजनिक गरेका थिए। उनले त्यतिबेला भनेका थिए, ‘आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर साथीहरुले भनिराख्नु भएको छ। सोच्दैछु, त्यहाँ एउटा सानो घर बनाऊँ।’ 

प्रचण्डसँगै शनिबार माओवादी केन्द्रका नेता हितराज पाण्डे, प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङ, प्रदेश सांसद दीपक कोइराला लगायत ढिकुरपोखरी पुगेका थिए। 

त्यसअघि प्रचण्डले माक्र्स द्विशतवार्षिकीका अवसरमा पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए। उनले एमाले र माओवादी एकताको टुंगो छिटै लाग्ने बताए। मदन भण्डारी नेतृत्वको नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी जस्तै मोडलमा एमाले माओवादी एकता हुने उनको भनाइ छ। ‘माक्र्सवादी सानो भए पनि मदन भण्डारीले मनमोहनलाई अध्यक्ष र प्रधानमन्त्री बनाउने गरी एकता गर्नुभएको थियो’, प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टी एकताको बिट मारेर आएको छु, केही दिनमै एकता घोषणा हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.