सिन्डिकेट नमान्ने र गाडी बन्द नगर्ने कबोल गर्दै छुटे व्यवसायी

सिन्डिकेट नमान्ने र गाडी बन्द नगर्ने कबोल गर्दै छुटे व्यवसायी

सिन्धुली: सार्वजनिक यातायातमा सिन्डिकेट लगाएको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी महासंका बस संयोजक कान्छामान बल आइतबार रिहा भएका छन् । 

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायातका साधन बन्द गरेर शुक्रबार आन्दोलनमा उत्रेको भन्दै बललाई सिन्धुली प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । 

बिपी यातायात सेवा समितिका अध्यक्ष समेत रहेका बलले सरकारको निर्णय मान्ने, आन्दोलनरत व्यवसायीसँग छलफल गरेर यातायात सञ्चालन गर्ने, जिल्लामा यातायात बन्द नगर्ने लगायतका विषयमा लिखित प्रतिबद्धता जनाएपछि रिहा भएका हुन् । 

उनलाई यातायात व्यवसायी र सञ्चारकर्मीहरूको रोहबरमा आइतबार रिहा गरिएको सिन्धुलीका प्रहरी प्रमुख टीकाबहादुर केसीले जानकारी दिए । 

'सरकारको निर्णय कार्यान्वयन गर्न सघाउने प्रतिबद्धतापछि बललाई छाडिएको हो', उनले भने, । यातायातमा केही व्यवासायीहरूले मनोमानी गर्दै एकाधिकार जमाउन खोजेको भन्दै सरकारले देश‌भरका यातायात सेवा समिति खारेज गरेको थियो । 

त्यसकै विरोधमा आन्दोलनरत व्यवसायीहरूलाई पक्राउ गरी कारबाही थालेको थियो । सरकारले आफुहरूको मागलाई पनि सम्बोधन गरी, व्यवसायीका समस्या र सुरक्षाको प्रत्याभुती गरे सरकारको निर्णय मान्न र यात्रुमैत्री व्यवसाय गर्न तयार रहेको बलले प्रहरी कार्यालयमा पत्रकारसँगको कुराकानीमा बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.