मोबाइलबाट विद्यालयको निगरानी

मोबाइलबाट विद्यालयको निगरानी

तुलसीपुर : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको तथ्यांक सार्वजनिक भइरहेका बेला सिकाइ उपलब्धि र गुणस्तर सुधार्न दाङको एक सामुदायिक विद्यालयले अभिभावकबाट विद्यालयको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर मावि तुलसीपुरले अभिभावकले घरमै बसेर विद्यालयको निगरानी गर्ने व्यवस्था मिलाएको हो ।

आफ्ना छोराछोरीले कसरी कक्षामा पढिरहेका छन, विद्यालयको वातावरण कस्तो छ, शिक्षकको शिक्षण लगनशीलता कस्तो छ, विद्यालय प्रशासन कसरी सञ्चालन एवं व्यवस्थापन भइरहेको छ लगायत विषय अभिभावकले घरमै बसेर मोबाइलबाट हेर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । ‘

विद्यालयका सबै कक्षा र कार्यालय क्षेत्रमा सिसी क्यामेरा जडान गरी सिसी टीभीको फुटेज हेर्ने एप अभिभावलाई दिएका छौं’, प्रधानाध्यापक पौडेलले भने, ‘त्यहीँबाट विद्यालयको सम्पूर्ण गतिविधि अभिभावकले घरमै बसेर हेर्न सक्नुहुन्छ ।’

प्रधानाध्यापक पौडेलले विद्यालयले त्यस्तो प्रकृतिको एप्स विकास गरी अभिभावकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था मिलाएकोे बताए । यसले अभिभावकलाई विद्यालय र आफ्ना बच्चाप्रति चासो बढेको उनको भनाइ छ । ‘अभिभावक सधैँ विद्यालय आइरहने अवस्था हुँदैन । एप प्रयोग गरी विद्यालयको अवस्था कस्तो छ भन्नेबारे अभिभावकले थाहा पाउन सक्ने भएकाले यो एप्स उपलब्ध गराएका हौं’, प्रअ पौडेलले भने ।

कहिले विद्यार्थी नहुने र भएका विद्यार्थीको पनि सिकाइ उपलब्धि कमजोर रहेकाले सेन्टर माविले पछिल्लो समय प्रविधि, गुणस्तर र सिकाइमा नयाँ प्रविधि अपनाएको जनाएको छ । एक वर्षदेखि विद्यालय पूर्ण रूपमा प्रविधिमैत्री बनाइएको पौडेलले जानकारी दिए ।

विद्यालय प्रविधियुक्त हुँदै गएको र प्रत्यक्ष रुपमा आफूले यथार्थ अवस्था देख्न थालेको अभिभावकले बताएका छन् । ‘मोबाइलबाटै स्कुलको गतिविधि हेर्न पाइनेरहेछ’, अभिभावक रोमकान्त भण्डारीले भने, ‘छोराछोरीले कसरी पढिरहेको छ भन्ने देखिने भएकाले सजिलो र ढुक्क भएको छ ।’

विद्यालयका आधा अभिभावक यो प्रविधिमा जोडिसकेका छन् । आधालाई जोड्ने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराज पौडेलले बताए । विद्यालयमा भर्न गर्न आउने अभिभावकलाई प्रविधिबारे जानकारी दिएर एप्स दिने गरिएको छ । मोबाइलबाट विद्यालयको निगरानी गर्न सकिने भएपछि अभिभावक विद्यालय आउनुपर्ने अवस्था हटेको छ ।

प्रअ भागवत पौडेलले कक्षा ९ र १० मा अहिले प्राविधिक शिक्षाको अध्ययन विद्यालयले गराइरहेको जानकारी दिए । विद्यालयलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना बोकेर अघि बढेको उनले बताए । अहिले सेन्टर मावि विद्यार्थीको केन्द्र बन्दै जान थालेपछि प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्ने गरेको उनको भनाइ छ । विद्यालयमा १२ सयभन्दा बढी विद्यार्थी भर्ना नगरिने योजना रहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.