सामुदायिक अस्पतालले थाल्यो अक्सिजन उत्पादन

सामुदायिक अस्पतालले थाल्यो अक्सिजन उत्पादन

ओखलढुंगाः  दातृ निकायको सहयोगमा संचालित ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) ले अक्सिजन उत्पादन गर्न थालेको छ।अक्सिजन उत्पादन सुरु भएपछि आकस्मिक कक्षमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई  लाभ पुगेको छ।विगतमा अक्सिजन काठमाडौंबाट ढुवानी गर्नुपर्दा मंहगो पर्ने गरेको थियो। 

अहिले नेपाल सरकार र नोरमिसन नामक विदेशी संस्थाको लगानीमा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको हो। हाल उत्पादित अक्सिजन अस्पतालमै प्रयोग हुने गरेको छ।सामुदायिक अस्पतालका विजनेस म्यानेजर बुद्ध श्रेष्ठले अन्य अस्पतालले माग गरे अक्सिजन आपूर्ति गर्न सकिने जानकारी दिए। दुई महिना अघिबाटै परीक्षण गरिएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ।

कुल १ करोड ४ लाख रुपैयाँ लागतमा अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रले हाल २४ घण्टामा २० जम्बो सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ। यो अस्पतालमा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, उदयपुर र सोलुखुम्बुसम्मका बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालले उत्पादन गर्दै आएको अक्सिजन हाल आर्थिक रुपमा विपन्न बिरामीलाई सस्तो मुल्यमा प्रदान गर्दै आएको छ।सहुलियत मुल्यमा अक्सिजन बिक्री वितरण गरेपनि अस्पताललाई आर्थिक घाटा भने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.