खाद्यान्नमा आत्मनिर्भर बन्दै सिन्धुली

खाद्यान्नमा आत्मनिर्भर बन्दै सिन्धुली

सिन्धुली : कृषि क्षेत्रको आधुनिकीकरण र विस्तारसँगै सिन्धुली खाद्य सुरक्षाका दृष्टिले आत्मनिर्भर बन्दै गएको छ । वार्षिकरुपमा जिल्लामा खाद्यान्नवालीको उत्पादनमा वृद्धि हुँदै जान थालेपछि सिन्धुली खाद्यान्न उत्पादनले आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । 

धान, मकै, कोदो, फापर, भटमास, गाहुँ, जौं जस्ता खाद्यान्न वार्षिकरुपमा १० देखि २० प्रतिशतसम्मले वृद्धि हुँदै जान थालेपछि जिल्ला खाद्यान्नमा आत्मनिर्भर बन्दै गएको पुष्टि भएको कार्यालयका प्रमुख होमराज विष्टले बताउँछन्  । ‘जिल्लाको जनसंख्याका लागि प्रतिवर्ष आवश्यक पर्ने भन्दा ७ हजार २ सय ४८ मेक्ट्रिक टन खाद्यान्न पछिल्लो वर्ष हामी कहाँ बचत हुने गरेको छ,’ उनले भने ।

 कार्यालयले तयार पारेको तथ्यांङ्क अनुसार जिल्लामा वार्षिक रुपमा ६६ हजार ७ सय ८३ मेक्ट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । उनले भने, ‘तर, जिल्लाको कुल जनसंख्याको आधारमा ५९ हजार ५ सय ३५ मेक्ट्रिक टनमात्र खपत हुन्छ । उत्पादनको तुलनामा ७ हजार २ सय ४८ मेक्ट्रिक टन खाद्यान्न बचत हुने गरेको छ ।’ यो खाद्यान्न जिल्लाबाट निर्यात गर्न सकिने उनले बताए ।

यस वर्ष खाद्यान्न उत्पादनमा वृद्धि हुने भएकाले थप खाद्य बचत हुने निश्चित छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांङ्क अनुसार सिन्धुली लगायतका पहाडी जिल्लाहरुका लागि प्रति व्यक्ति २ सय १ केजी खाद्यान्न वार्षिकरुपमा आवश्यक पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ९६ हजार १ सय ९२ रहेको छ । उक्त जनसंख्याका आधारमा वार्षिक ५९ हजार ५ सय ३५ मेक्ट्रिक टन भए जिल्लामा खाद्यान्न पुग्ने अधिकृत विष्टको भनाइ छ । 


जिल्लामा ६२ हजार ७ सय १३ हेक्टर क्षेत्रफलमा खेति हुन्छ । यस मध्ये गतवर्ष  कै उत्पादनमा पशुपञ्छि आहार, उत्पादन क्षति, प्रशोधन, विउ विजन, भण्डारणमा हुने क्षति समेत जिल्लाकै उत्पादनले परिपुर्ति गर्न सकिने कार्यालयको विश्वास छ । यस वर्ष जिल्लामा गत वर्षको तुलनामा दोब्बर खाद्य उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । धान, कोदो गहुँ पनि जिल्लामा मकैपछिको राम्रो उत्पादन हुने वाली हो । 

 जिल्ला सदरमुकाम, कमलाखोंच क्षेत्र, तिनपाटन बेलघारी, मरिण र सुनकोसीगढ जिल्लाको खाद्यान्न वाली उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिदै लगिएको छ । यस्ता क्षेत्रहरुमा आधुनिक प्रविधिबाट गुणस्तर र हावापानी सुहाउँदो विउ विजन वितरण जस्ता कार्यबाट कृषकहरुलाई थप उत्साहित गर्दै लगेको समेत कृषि कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.