मोदी र ओलीको नेतृत्वमा नेपाल र भारतका प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता लगत्तै दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको छ ।
दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका जनकपुर हुँदै काठमाडौं आएका हुन् ।
प्रतिक्रिया दिनुहोस !