वीर बलभद्रको सालिक बनाइँदै

वीर बलभद्रको सालिक बनाइँदै

नारायणगढ : कुँवर समाज चितवनले नेपालको राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको सालिक बनाइने भएको छ। भरतपुर महानगरपालिका-१ आँपटारीस्थित जलदेवी सामुदायिक वनको पार्कमा कुँवरको पूर्ण कदको सालिक निर्माण गर्न लागेको हो। नेपालको ऐतिहासिक व्यक्ति भएकाले उनको सम्मानमा सालिक निर्माण गर्न लागिएको समाजका अध्यक्ष चक्रबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार नेपालमा बन्न लागेको यो दोस्रो सालिक हो।

 यसअघि काठमाडौंको टेकुस्थित आफ्नै निवासमा पूर्णकदको सालिक बनिसकेको छ। चितवनमा निर्माण हुने सालिक पाँच फिट पाँच इन्च अग्लो हुने उनले बताए। ‘करिब पाँच टन तौल भएको सालिक ढलोटको हुनेछ,’ उनले भने, ‘यसका लागि हामीले ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ।’

सालिक निर्माण हुने ठाउँमा शनिबार शिलान्यास हुँदै छ। शिलान्यास गरिसकेपछि खर्च व्यवस्थापनमा लाग्ने र माघ १७ गते बलभद्र कुँवरको जन्मदिन पारेर सोही दिन सालिक अनावरण गर्ने लक्ष्य लिइएको समाजले जनाएको छ। वीर बलभद्रले आजभन्दा करिब दुई सय वर्षअघि नालापानीमा अंग्रेजसँग लडेर बहादुरी देखाएका थिए। 

त्यसैको सम्झनामा नालापानीमा समेत वीर बलभद्र कुँवरको शिलालेख राखिएको समाजका केन्द्रीय अध्यक्ष डा. धनबहादुर कुँवर बताउँछन्। तर, इतिहासको गहन अध्ययन बिना वीर बलभद्रबारे नकारात्मक टिप्पणी आइरहेको भन्दै विश्वप्रसिद्ध व्यक्तिको इतिहासलाई बुझेर मात्रै टिप्पणी गरिदिन पनि उनले आग्रह गरे। पछिल्लो समय नेपालको राजनीतिक परिवेशले कोल्टो फेरेसँगै ऐतिहासिक व्यक्तित्वलाई बिर्सन थालेको भन्दै उनले आपत्ति जनाए।

इतिहासको पानामा नाम लेखाउन सफल व्यक्तित्वहरूको नामलाई संरक्षण गर्न सरकार जिम्मेवार बन्नुपर्ने उनले बताए। ‘एउटा राष्ट्रिय विभूतिको सालिक राख्न सरकारले ठाउँ दिन सक्दैन,’ उनले भने, ‘योभन्दा बढी अपमान के हुन सक्छ ? त्यसैले हामीले सामुदायिक वनसँग सहकार्य गरेर काम गर्नुपरेको छ।’ 

वीर बलभद्रजस्ता ऐतिहासिक व्यक्ति अरू पनि भएको भन्दै उनले थपे, ‘राज्यले पुराना इतिहासलाई सर्लक्कै बिर्सेको छ।’ वीर बलभद्र कुँवर एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवं नेपाली सेनाका कप्तान थिए। १८१४ देखि १८१६ को बीचमा चलेको गोरखा युद्धपछि उनी प्रसिद्ध हुन पुगेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.