बलात्कार आरोपी वडाध्यक्ष सम्पर्कविहीन

बलात्कार आरोपी वडाध्यक्ष सम्पर्कविहीन

दमौली : विवाहित १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका घिरिङ गाउँपालिका–३ का वडाध्यक्ष झकबहादुर कुमालले घटना बाहिर नल्याउन पीडितलाई धम्की दिएका छन् । घिरिङ–४ गड्यौलीटारकी स्थानीय विवाहित किशोरीमाथि कुमालले नवलपरासी बर्दघाट पूर्वसुस्तास्थित जंगलमा गत मंगलबार बलात्कार गरेका थिए ।

पति विदेशमा रहेका स्थानीय ती किशोरीलाई धम्क्याएर बलात्कार गरेको र कुमालले घटना बाहिर नल्याउन भन्दै दुई हजार रुपैयाँको प्रस्ताव गरेका थिए । तर, पीडितका परिवारमार्फत घटना सार्वजनिक भएपछि अहिले उनी सम्पर्कविहीन छन् ।

पीडित किशोरीले घटना बाहिर नल्याउन कुमालले दिएको धम्कीका बाबजुद शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छन् । पीडित युवतीका अनुसार उनलाई घरमा बसेका बेला राति ढोका खुला राख्न कुमालले अनुरोध गर्दै फोन गरेका थिए । वैशाख १७ गते साँझ ६ बजे कुमालले ती किशोरीलाई ढोका खुला राख्न फोन गरे पनि उनले मोबाइल अफ गरेर बसेकी थिइन् । सोही रात १० बजे फेरि उनले फोन गरेर ढोका खुला राख्न भने पनि ती किशोरीले अस्वीकार गरेकी थिइन् । प्रहरीमा उनले दिएको जाहेरीअनुसार कुमालले घटनाबारे कसैलाई नभन्न भनेका थिए । तर, उनले दिदी र सासूलाई घटनाबारे बताएकी थिइन् ।

पतिले पठाएको पैसा लिएर नवलपरासी बर्दघाटबाट मंगलबार घर फर्कने क्रममा कुमालले पिछा गरी जंगलमा लगेर बलात्कार गरेको पीडितले बताएकी छन् । ‘म जाँदै गर्दा मोटरसाइकलमा लगिदिन्छु भन्नुभयो’, उनले भनिन्, ‘पैसा झिकिसकेपछि पिछा गर्दै मोटरसाइकलमा लगिदिन्छु भन्दा म मानिनँ । तर, दिदी भएको ठाउँमा पु¥याइदिन्छु भनेर जंगलमा लगेपछि जबर्जस्ती भयो ।’

घटना सार्वजनिक नगर्न पैसाको प्रलोभन र धम्की आएपछि आफू बिहीबार मध्यरातमा आफन्तसँग जाहेरीका लागि दमौली आएको उनले बताइन् । शुक्रबार जाहेरी संकलनपछि प्रहरीले पीडित महिलाको बयान लिएर सम्बन्धित जिल्लामा पठाएको छ । जिल्ला प्रहरी कार्यालयकी महिला सेलकी प्रमुख कृष्णा बस्यालले घटना नवलपरासी बर्दघाट सुस्तापूर्वको भएका कारण जाहेरी लिएर र मेडिकल गरेर कानुनी प्रक्रियाका लागि पठाइएको जानकारी दिइन् । 

‘पीडितको जाहेरी र मेडिकल रिपोर्ट संकलन गरेर पठाएका छौं’, उनले भनिन् । घटनाबारे जानकारीका लागि वडाध्यक्ष कुमालसँग गरिएको सम्पर्कको सफल हुन सकेन । पीडितले भने सहयोगीमार्फत वडाध्यक्षले निरन्तर धम्की दिइरहेको बताएकी छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.