पूर्वतराई हुँदै गोरु बंगलादेश निर्यात

पूर्वतराई हुँदै गोरु बंगलादेश निर्यात

नेपालगन्ज : वैशाख १ मा बाँकेको डुडुवा गाउँपालिका-५ कम्दी खालेमसाहबाट प्रहरीले ४३ वटा गोरु पक्राउ गर्योख। सोही ठाउँमा १८ फागुनमा ७ वटा र १० पुसमा २३ वटा गरी एकै ठाउँबाट तीन पटक गरी ७३ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो। २० चैतमा नेपालगन्ज -१८ कारकाँदो भुजईगाउँबाट प्रहरीले ४ वटा गोरु पक्राउ गरेको थियो। यी प्रतिनिधि घटनाले लामो समयदेखि भारतका सीमावर्ती गाउँबाट अवैध रूपमा गोरु ल्याएर नेपालको बाटो हुँदै तेस्रो मुलुक बंगलादेश तस्करी भइरहेको प्रहरीले पत्ता लगाएको हो।

तस्करले गोरु निर्यातका लागि पश्चिम तराईका बाँके, बर्दिया, कैलालीलगायत भारतीय सीमावर्ती क्षेत्र रोजेका छन्। अवैध बाटो गोरु नेपाल भित्याएर सिरहा, सप्तरी हुँदै झापालगायत पूर्वी तराईको बाटोबाट बंगलादेश पुर्याेइने गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय तेस्रो मुलुकमा निकासी गर्न बाँकेका ग्रामीण क्षेत्रलाई गोरु तस्करीको ‘ट्रान्जिट’ बनाएको देखिन्छ।

गोरु तस्करी रोक्न बाँके प्रहरीले सक्रियता बढाएको छ। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले तेस्रो मुलुक निकासी हुने गोरु तस्करी रोकिएको दाबी पनि गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट झण्डै एक सय गोरु नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए। उपरीक्षक तामाङले भने, ‘हामीले सबै प्रहरी युनिटलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छौं, स्थानीयले पनि साथ दिएका छन्। तेस्रो मुलुकमा हुने गोरु तस्करी केही हदसम्म नियन्त्रण भएको छ।’

जिल्ला प्रहरी कार्यालयले यस घटनामा गोरुसहित आठ जनालाई पक्राउ गरेको छ। मुख्य तस्कर सबै घटनामा फरार छन्। पक्राउ पर्नेमा सबै ‘भाडाका गोठाला’ मात्रै हुन्। सात जनालाई सार्वजनिक मुद्दा चलाइएको छ। जिल्ला प्रशासनमा धरौटी बुझाएर अहिले सबै रिहा भइसकेका छन्। ज्यान मुद्दाका एक जना भने फरार अभियुक्त भएकाले पुपक्र्षका लागि थुनामा रहेको जिप्रका मुद्दा फाँटका निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।

पक्राउ गरिएका अधिकांश गोरु भारतबाट आयात गरिएको प्रहरीको दाबी छ। तर, भन्सार कार्यालयमा ती गोरुबारे कुनै रेकर्ड नभएको कार्यालयले जनाएको छ।

भन्सार प्रमुख जनार्दन आचार्य कृषि प्रयोजनका लागि भारतबाट ल्याउँदा पनि अनिवार्य भन्सार तिर्नुपर्ने बताउँछन् तर पक्राउ गरिएका कुनै पनि गोरुको भन्सार तिरिएको देखिँदैन। उनले भने, ‘कहाँबाट कुन प्रयोजनका लागि ल्याइयो, हामीलाई थाहा हुँदैन। भन्सारमा यिनको रेकर्ड भने छैन। प्रहरीले बुझाएका सबै गोरु हामीले लिलामी गर्ने गरेका छौं।’

प्रहरीले भन्सारमा बुझाएका गोरु भन्सार कार्यालयले तत्कालै लिलामी गर्नुपर्छ। लिलामी गर्दा पशु क्वारेन्टाइन कार्यालयबाट स्वास्थ्य जाँचको प्रमाणपत्र लिनुपर्छ। क्वारेन्टाइनका प्राविधिक तिलक आचार्य आर्थिक वर्ष ०७४÷७५ मा ९७ वटा गोरुको स्वास्थ्य परीक्षण गरिएको बताउँछन्। उनले भने, ‘भारतबाट कृषि प्रयोजनका लागि ल्याउँदा पनि अनिवार्य क्वारेन्टाइन चेकजाँच गर्नुपर्छ। भन्सारले लिलामी गर्ने चौपायाको पनि जाँच हुन्छ।’


गाउँमा गाईगोरु बिक्न छोडे

विगतमा तस्करहरूले बिनारोकावट गाउँगाउँ पुगेर हुलका हुल गाईगोरु किनेर लैजान्थे। प्रहरी नियन्त्रणपछि तस्करहरू भारतबाट मोटाघाटा गोरु झिकाएर कृषि प्रयोजनका लागि भन्दै गोरु तस्करीमा मात्र सक्रिय भएका छन्। गाईगोरु तस्करीमा प्रहरीले कडाइ गरेपछि अहिले बाँके, बर्दिया, कैलालीलगायत पश्चिम तराईमा गाईगोरु किनबेच हुन सकेको छैन। दुधालु गाईसमेत बिक्री हुन छोडेका छन्।

‘गाउँबाट सित्तैमा लैजाऊभन्दा पनि कसैले नलिने भइसकेका छन्। खरिदबिक्री नहुँदा गाईगोरु छाडा छोडिएका छन्’, खजुरा गाउँपालिका राधापुर गाउँका धनराम ओली भन्छन्, ‘छाडा गाईबस्तुले बाली नोक्सान पारेर हैरान पारिरहेका छन्।’ पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकको भुरीगाउँ बजारमा त कैलालीतिरबाट गाडीका गाडी गाईगोरुहरू छाडेर जाने गरेका स्थानीय चन्द्रमणि पौडेलले जानकारी दिए। उनी भन्छन्, ‘यसरी छाडिएका गाई नियन्त्रणमा लिएर एउटा गिरोह चीन पुर्यादउन सक्रिय छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.