विमानस्थल होल्ड हुँदा सवारी दुर्घटनाका घाइतेको बिजोग

विमानस्थल होल्ड हुँदा सवारी दुर्घटनाका घाइतेको बिजोग

सिन्धुलीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ने क्रममा त्रिभुवन विमानस्थल होल्ड हुँदा सिन्धुलीमा सडक दुर्घटनामा परेका एक घाइतेको उद्धारमा समस्या भएको छ । 

भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कने तयारी गर्दा शनिवार दिउँसो पौने चारबजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल होल्ड हुँदा यस्तो समस्या भएको हो । 

शनिवार दिउँसो सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–६ हर्षाहीका  गणेश फनेतलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको दुई घण्टासम्म हेलीकप्टर आउन नसकेको पीडितका आफन्तहरुले जनाए । 

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट कैलाश एयरको हेलिकोप्टर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजान आउने गरी बुक गरिएपनि विमानस्थल होल्ड भएकाले उडान गर्नै नसकिएको खबर आएको घाइतेका ठुलाबुबा स्वरुपलाल फनेतले सुनाए । 

‘घाइतेको अवस्था चिन्ताजनक छ । हेलिकोप्टर मगाएको झण्डै दुई घण्टा बढी भइसक्यो । अझै आउन सकेको छैन’, उनले भने, ‘घाइतेलाई चाँडो काठमाडौंका अस्पताल पुर्‍याउन सके बचाउन सकिन्थ्योकी भन्ने आश थियो ।’

भारतीय प्रधानन्त्री मोदी नेपालको भ्रमण सकेर स्वदेश फर्कने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण होल्ड गरिएको थियो । 

तत्काल होल्ड खुलेपनि काठमाडौंबाट सिन्धुली आउन र काठमाडौं पुग्न थप एक घण्टा लाग्छ हेलिकोप्टरलाई । बिपी राजमार्गबाट एम्बुलेन्समार्फत घाइतेलाई काठमाडौं लैजान कम्तीमा पनि पाँच घण्टा लाग्छ । दुर्घटनामा एक जनाको ज्यान गइसकेको छ । 

अर्का सख्त घाइतेको अवस्था निकै गम्भीर भएकाले सिन्धुली अस्पतालका चिकित्सकहरुको सल्लाह अनुसार हेलीकोप्टरमार्फत घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लैजान हेलिकोप्टर बुक गरिएको थियो । 

हेलिकप्टरलाई लाग्ने रकम दुई घण्टा अघि नै बैँकमा जम्मा गरेर पर्खाइमा रहेका आफन्तहरु अस्पतालमा निराश छन भने घाइते छटपटाई रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.