कोइलाबासमा पानीको हाहाकार, भारतको शरणमा स्थानीय

कोइलाबासमा पानीको हाहाकार, भारतको शरणमा स्थानीय

कोइलाबास (दाङ): भारतीय सिमाना जोडिएको दाङको कोइलाबास नाका क्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ । 

गर्मीयाम सुरु भएसँगै कोइलाबासमा खानेपानीको हाहाकार सुरु भएको हो । कोइलाबासमा खानेपानीको समस्या बढ्दै गएपछि पानी खान सीमापारि जानुपर्ने अवस्था रहेको गढवा गाउँपालिका–८ कोइलाबासका वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए । 

अध्यक्ष सिद्धीकीले कोइलाबास क्षेत्रमा पानीको समस्या विगत देखिनै रहेको र गर्मी सँगै यो बढेको बताए । कोइलाबास क्षेत्रमा पानीको समस्या भएपछि त्यहाँ रहेका स्थानीय, सरकारी कार्यालयका कर्मचारीहरू पिउने पानीका लागि भारतीय सुरक्षा बलको सहारा लिनुपर्ने अवस्था छ । 

कोइलाबासका लागि पिउने पानीको मुख्यस्रोत मानिएको कोइलावास खोलामा वर्षाँैदेखि ढुङ्गाजन्य वस्तुको अनियन्त्रित उत्खनन र निकासीका कारण पानीको सतह गहिरिएर सुक्दै जाँदा पानीको समस्या भएको स्थानीय रकम गुप्ताले बताए । 

‘खोलामा गएर पानी खोजेर कपडा धुने गर्दछौँ, खानेपानीका लागि भने भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जानैपर्ने बाध्यता रहेको छ’, एक सरकारी कर्मचारीले भने, ‘वर्षापछिको चार महिना कुवामा पानी भए पनि बाँकी समय पिउने पानीका लागि भारतीय सीमा सुरक्षा बलको क्याम्पको शरण पर्नु पर्छ ।’ 

कोइलाबासमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा सुरक्षा प्रहरी चौकी, कोइलावास भन्सार कार्यालय, गढवागाउँपालिका–८ वडाकार्यालय, इलाका हुलाक कार्यालयले, विद्युत्, स्वास्थ्य चौकीगायतका सरकारी कर्मचारी स्थानीयबासी ,व्यवसायीहरू पिउने पानीको लागि सीमापारि भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जाने गरेको वडा अध्यक्ष सिद्धिकीले जानकारी दिए । 

गाउँमा पिउने पानीका लागि भएका धारासँगै कुवासमेत सुक्दै गएपछि माघ महिनादेखि भारतीय सीमा सुरक्षा बलकहाँ गएर पानी ल्याउने गरेको कोइलाबासकी रुपवती हाडाले बताइन् ।

‘कोइलाबासमै जन्मे हुर्केँ बढे पहिले पानीको समस्या थिएन, अर्काको देशमा पनि पानी माग्न जानु परेको थिएन’, स्थानीय सितादेवी हाडाले भनिन्, ‘अहिले त पानी समेत अर्को देशको भूमिको खानुपरेको छ ।’

पहिले पानीको सहजता भए पनि ४÷५ वर्ष देखि यो समस्या हुँदै आएको उनले बताइन् । खोलाबाट ढुङ्गा निकाल्न थालेपछि कुवाहरू सुक्न थालेको र धारामा पानी पनि आउन छोडेको उनले बताइन् । 

गाउँमा भएका खानेपानीका कुवा सुकेपछि खानेपानीका साथै कपडा धुन, नुहाउनसमेत भारत जानु परेको स्थानीय सदम सिद्धीकीले बताए । 

खोलाहरूबाट अनियन्त्रित रूपमा ढुङ्गा निकाल्नुका साथै सीमापारि भारतमा रहेको खोलाको बाँध भत्कदा खोलाको सतह घट्दै गएको हो । गाउँमा रहेका कुवाको सतहभन्दा तल खोलाको सतह गएपछि कोइलावासमा पानीको समस्या पनि बढ्दै गएको उनले बताए । 

कोइलावासका ५० घरपरिवार खानेपानीका लागि गाउँमा कुनै स्रोत नभएपछि भारतीय सीमा सुरक्षा बलको भर पर्दै आएको उनले बताए । वडा अध्यक्ष सिद्धिकीले यो वर्ष खानेपानीको आयोजना निर्माण गर्नका लागि दुई शीर्षकमा ८६ लाख रुपैयाँ आएको र अब खानेपानी योजना निर्माण गरिने बताए र उनले डटिले सर्वे भइरहेका र रिपोर्ट आएमा कोइलाबासमा डिपा बोरिङ खनिने बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.