दुईवटा भारतीय ट्रकमा आगजनी

दुईवटा भारतीय ट्रकमा आगजनी

धादिङ : पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेशी नगरपालिका–६ स्थित धार्के बजारमा रोकिराखेका दुई भारतीय कन्टेनर(ट्रक)मा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

राजमार्ग छेउमा रोकी राखेको ठाउँमै बिहान ३ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ । आगजनीका कारण आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरका दुई भारतीय कन्टेनर जलेर ध्वस्त भएका छन् । 

ट्रकमा आगो कसले र किन लगाएको भन्ने बारेमा अनुसन्धान भइरको प्रहरीले जनाएको छ । आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको भाषणा गरेको भएकाले सोही पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । विप्लव समूहले भने आगजनीको जिम्मेवारी लिएको छैन । 

ट्रकमा आगो लागेपछि आगो फैलिन नदिन स्थानीयबासी र प्रहरीले चारवटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो नियन्त्रणको प्रयास गरेका थिए । 

आगजनी भएको दुई घण्टापछि काठमाडांै महानगरपालिकाबाट दमकल पुगेपछि आयो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय क्षति नभएपनि विद्युतको तार जल्दा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । आगजनी भएको क्षेत्र वरपर ग्यास स्टेशन, प्रेट्रोल पम्प र मानवबस्ती भएकाले केहीबेर उक्त क्षेत्रका स्थानीय त्रसित भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.