विप्लवका कार्यकर्ताले भाटभटेनी सुपर मार्केटमा बम हाने

विप्लवका कार्यकर्ताले भाटभटेनी सुपर मार्केटमा बम हाने

चितवन: नेपाल बन्द घोषणा गरिएको दिन बिहानै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हानेमा छन् । बम प्रहार गरिँदा भाटभटेनी सुपर मार्केटको पूर्वतर्फको भागमा क्षति पुगेको छ। 

आइतबार बिहान ३ बजेर ४५ मिनेटमा मोटरसाइकलमा सवार दुईजनाले सुपर मार्केटमा बम हानेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दीपक थापाले जानकारी दिएका छन् । 

थापाका अनुसार बम हान्ने समूहको पहिचान भइसकेको छ । उनीहरूको खोजीकार्य तीब्र बनाइएको थापाले बताए । 

'सीसी टिभी फुटेजबाट ग्रिनेड हान्नेमध्ये एकजनाको पहिचान भइसकेको छ', थापाले भने, 'सुरूवाती अनुसन्धानमा विप्लवका कार्यकर्ता नै भएको खुलेको छ । बिहानैदेखि खोजीकार्य जारी छ ।' 

यस्तै खैरेनी नगरपालिकाको पर्सा बजार र राप्ती नगरपालिकाको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि शक्तिशाली बम विस्फोट भएको छ । दुवै विस्फोटबाट भएको क्षतिको विवरण आउन बाँकी छ । 

बन्दका कारण चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंमा पनि मिश्रित असर परेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.