प्यूठान बस दुर्घटना : मृतक सबैको पहिचान

प्यूठान बस दुर्घटना : मृतक सबैको पहिचान

प्यूठान : आइतबार बिहानै प्यूठानमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ। दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा गाडी चालक कैलाली–९ का बीरबहादुर चौधरी, गौमुखी गाउँपालिका–२ अर्खा प्यूठानका १७ वर्षीय हिरा टमाटा, सोही गाउँपालिका वडा नम्वर ३ का २६ वर्षीय हरी मल्ल, प्यूठान नगरपालिका–२ निवासी २६ वर्षीय सविता शर्मा र मरन्ठाना प्यूठानमा माइतीघर भएकी कृष्णपुर नगरपालिका–२ कञ्चनपुरकी अन्दाजी ३१ वर्षीय सरीता चन्द रहेका छन्।

दुर्घटनामा परी २५ जना घाइते भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए। दुर्घटना कारणको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। 

महेन्द्रनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्वरको यात्रुबाहक बस सरुमारानी गाउँपालिका–४ बडडाँडा बजार नजिक भिरालो बाटोमा दुर्घटनामा परेको हो। गम्भीर घाइते सात जनाको बुटवल, दुई जनालाई कोहलपुर र थप दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

 सामान्य घाइते १४ जना उपचारपछि घर फर्किएको प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए। जिल्लाबाट महेन्द्रनगर हुँदै रोजगारीका लागि धेरै युवाहरु यसै सडक भएर भारत जाने गरेका छन्।  

यी समाचार पनि पढ्नुहाेस्

प्यूठान बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, २५ घाइते (विवरणसिहत)​

प्यूठानमा बस दुर्घटना : पाँचको मृत्यु, २० भन्दा बढी घाइते


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.