घुम्ती भेडीगोठबाट करोडाैं आम्दानी

घुम्ती भेडीगोठबाट करोडाैं आम्दानी

घलेगाउँ (लमजुङ) :  लमजुङको लेकमा पालिएका भेडीगोठबाट किसान करोडौं रुपैयाँ आम्दानी लिन सफल भएका छन्। घुम्ती रूपमा पालिने भेडीगोठबाट उत्पादन हुने ऊन र मासुबाट मात्रै वार्षिक १० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्माले बताए। पशु सेवा कार्यालयका अनुसार लमजुङका तत्कालीन २१ वटा गाविसमा ८१ वटा भेडीगोठ छन्। ती गोठमा २० हजार पाँच सयभन्दा बढी भेडाबाख्रा छन्।

घुम्ती भेडीगोठमा पालिएका भेडाबाट मात्रै वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ। प्रतिकिलो पाँच सयका दरमा भेडाको मासु बिक्री हुने गर्दछ। भेडाको मासुबाट मात्रै १० करोडभन्दा बढी आम्दानी हुने गरेको घिमिरेले बताए।

यसैगरी भेडीगोठमा भएका भेडाबाट वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुने पशु कार्यालयको तथ्यांक छ। उत्पादित ऊनमध्ये आधाजसो मात्रै बिक्री गर्ने गरिएको छ। ऊनबाट वार्षिक दुई लाख ५० हजार आम्दानी हुने पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ। भेडाको ऊनबाट स्थानीयले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन्। यसैगरी भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौं आम्दानी हुने गरेको छ। घुम्ती भेडीगोठमा आठ हजारभन्दा बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार घुम्ती भेडीगोठबाट वार्षिक एक सय २० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ। खसीबोकाको मासुबाट मात्रै ६ करोडभन्दा बढी आम्दानी हुने पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ।

भेडीगोठका किसानले वार्षिक एक करोड ४० लाख नाफा गर्ने गरेका छन्। फरकफरक स्थानमा भएका भेडीगोठको गाउँपालिका स्तरमा तथ्यांक थालिएको छ। कार्यालयका अनुसार जिल्लामा आठ सय ५८ घरले घुम्ती भेडीगोठमा भेडापालन गरेका छन्।

घुम्ती भेडीगोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडांैलगायत क्षेत्रमा निर्यात हुने गरेका छन्। मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा सहरमा निर्यात गरिएका हुन्। सम्भावना भएर पनि अपेक्षाकृत आम्दानी हुन नसकेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.लक्ष्मण ढकाल बताउँछन्। भौगोलिक विकटता, राज्यको न्यून पहँुच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.