सडक विस्तारको क्रममा एकै परिवारका ६ जना कुटिए

सडक विस्तारको क्रममा एकै परिवारका ६ जना कुटिए

बर्दिबास  : महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर—१२ बिजलपुरामा सडक विस्तारको क्रममा विवाद हुँदा एकै परिवारका ६ जनालाई गाउँलले निर्घात कुटपीट गरेका छन्। कुटपिटबाट घाइते भएकाहरुको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ। ती समूहले स्थानीय हेमनाथ ठाकुर, वकिल ठाकुर, उर्मिला देवी ठाकुर, फूलो देवी ठाकुर, सरित ठाकुर र अमन ठाकुरलाई कुटपीट गरेको पीडित परिवारले जनाएको छ।

 सडक विस्तारको क्रममा भएको समान्य भनाभनमा सोही स्थानका नारायण महतो, वीरेन्द्र महतो, राकेश महतो, दिनेश महतो, विजय महतो, राजाराम कुश्वहा, सुनिल महतो, सञ्जय महतो  लगायतलाई कुटेको प्रहरी चौकी हात्तिलेटमा पीडितले दिएको ठाडो उजुरीमा उल्लेख छ। प्रहरीले घटना मिलाउन दवाव दिएको पीडितको भनाई छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले दुई पटक पीडक र पीडित पक्षलाई राखेर छलफल गराएको बताए। घाइतेहरु खतरामुक्त छन्। पीडितले जाहेरी नहालेकोले  कारवाही प्रक्रिया अघि बढाउन नसकिएको प्रहरीको भनाई छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.