प्रदेश सभामुखको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका छन्। शुक्रबार अपरान्ह लडेर गम्भीर घाइते भएका सभामुख अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अध्यक्ष प्रचण्ड आइतबार साँझ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका हुन्।
उपचारमा संलग्न चिकित्सकसँग अध्यक्षले सभामुख अधिकारीको स्वास्थ्यमा भइरहेको प्रगतिबारे जानकारी लिएका छन्। अध्यक्ष प्रचण्डले अधिकारीका परिवारजनसँग पनि भेट गरी घटनाको बारेमा जिज्ञासा राखेका छन्।
वरिष्ठ न्यूरो सर्जन डा. गोपालरमण शर्मा नेतृत्वको चिकित्सक टोलीले सभामुख अधिकारीको स्वास्थ्य अवस्था बारेमा प्रचण्डलाई जानकारी गराए। अकस्मात मस्तिष्क घात भएका अधिकारीलाई पोखराका फेवासिटी, मेट्रोसिटी र मनिपाल अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट शनिबार बिहान काठमाडौं ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस !