मिनेन्द्र रिजालको प्रश्न: सरकारले नाकाबन्दी कति चाँडै भुलेको ?

मिनेन्द्र रिजालको प्रश्न: सरकारले नाकाबन्दी कति चाँडै भुलेको ?

काठमाडौँ: नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागतका क्रममा प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु यादवले दिएको अभिव्यक्तिबारे सरकारको धारण प्रष्ट नभएको गुनासो गरेको छ । 

‘एमाले र माओवादीको समेत समर्थनमा बनेको प्रदेश २ को सरकारका मुख्यमन्त्रीले कुटनीतिक मर्यादा भुल्दै अभिव्यक्ति दिएका छन् । आफ्नै समर्थनमा बनेको प्रदेश सरकारका मुख्यमन्त्रीको अभिव्यक्तिलाई फेरि प्रधानमन्त्रीले गलत पनि भन्नु भएको छ', उनले भने, 'आफैँले सघाएको प्रदेश सरकारका प्रमुखले कुटनीतिक मर्यादा भुलेर बोल्दा चुप लागेर अहिले बेठीक भनिँदा हामी अस्पष्ट भयौँ, चित्त बुझ्दो जवाफ चाहियो ।'

सांसद रिजालले भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अभिव्यक्ति स्वतन्त्रमा हस्तक्षेप गर्न खोजेको भन्दै विवेकशील साझा पार्टीको कार्यालयमा भएको प्रहरी हस्तक्षेपको पनि निन्दा गरेका छौँ । 'भारतीय प्रधानमन्त्री तपाईँलाई स्वागत छ। तर नाकाबन्दी भुलेका छैनौं’, भन्न पनि नपाइने हो र ?’, सांसद रिजालको प्रश्न थियो । 

सांसद डा. रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको बताउँदै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले बिर्सेकोमा चिन्ता पनि जनाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.