ओलीमाथि थापाको कटाक्ष: हिजो अरुलाई कुरीकुरी गर्नेले आज आफैँ नाङ्गिँदा लाज लागेन

ओलीमाथि थापाको कटाक्ष: हिजो अरुलाई कुरीकुरी गर्नेले आज आफैँ नाङ्गिँदा लाज लागेन

काठमाडौँ:  नेपाली कांग्रेसका सांसद गगन थापले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा प्रहार गरेका छन् ।

सोमबार बसेको संसदको विषय समयमा बोल्दै थापाले ओली सरकारमाथि धावा बोलेका हन् । ‘हिजो अरुले भारतसँग वार्ता गर्न खोज्दा घुँडा किन टेकेको ? घुँडामा कत्रो प्वाल पर्‍यो भन्ने प्रधानमन्त्री ओलीलाई हामीले लम्पसारवादी मात्र होइन, महालम्पसारवादी भन्न किन नपाउने ?', गगनले प्रश्न गरे, 'हिजो घुँडामा घाउ भयो कि भएन भन्नेलाई मैले सोध्न पाउने कि नपाउने ? प्रधानमन्त्रीज्यू तपाईँको घुँडामा भ्वाङ पर्यो कि परेन ?'

सांसद थापाले आफ्नै समर्थनमा बनेको प्रदेश २ को सरकारका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर सरकारको मौनतामा पनि प्रश्न गरे । 'प्रदेश २ का मुख्यमन्त्रीको गलत अभिव्यक्तिलाई लिएर सरकार किन चुप ?', उनले प्रश्न गरे, 'विदेशीले मुख्यमन्त्री चिन्दैनन्, परराष्ट्र मन्त्रीलाई चिन्छन् । तर अब परराष्ट्र मन्त्रीले मुख्यमन्त्रीलाई ताला दिने कि नदिने ?' 

सांसद थापाले नाकाबन्दी भुलेको छैन भन्ने नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लाउन खोजेको बताए । ‘मैले नाकाबन्दी बिर्सेको छैन पनि भन्न नपाउने ? यो कस्तो लम्पसारवाद हो ?', गगनले भने, 'एमालेका कार्यकर्ता भारतीय दूतावासमा विरोध गर्न जाँदा केही नहुने, तर आज आफ्नो पार्टी कार्यालयमा समेत विरोध गर्न नपाउने ? हिजो अरुलाई कुरीकुरी गर्नेले आज नाङ्गै हिंड्दा लाज लाग्दैन ? अब हामीले के भन्ने ?’

थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई उनी स्वयम्ले पनि धार्मिक भनिसकेकाले धेरै टिप्पणी गर्नु आवश्यक नभएको बताए ।

मोदीको भ्रमणबारेमा प्रधानमन्त्री ओलीले कुरा लुकाउन खोजेको भन्दै थापाले आरोप लाग्नुअघि नै मुलुकको हित विपरीत नगरेको बताउनुले धेरै कुरा शंकास्पद रहेको दाबी गरे ।

 ‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झिएँ, प्रधानमन्त्रीले हिजो संसदमा बोल्दा धेरै कुरा लुकाएको मैले ठानेको छु', उनले भने, 'कसैलाई सिंगडा बेच्न गएको, कसैलाई घुँडा टेक्न गएको भन्ने अहिले आफूले चाहिँ के गरेको ?’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.