परराष्ट्र मन्त्रीले भने: मोदीको सुरक्षाको विषयलाई विवादित नबनाऊँ

परराष्ट्र मन्त्रीले भने: मोदीको सुरक्षाको विषयलाई विवादित नबनाऊँ

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् ।

'राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन', उनले भने ।  

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको बताए । 

ज्ञवालीले रक्सौल काठमाडौं रेलमार्ग, जलमार्ग र कृषिको क्षेत्रमा महत्वपूर्ण साझेदारी नेपाल भारतबीच प्राथमिकतामा रहेको पनि मन्त्री ज्ञवालीले बताए । 

भारतीय जनता पार्टीका निलम्बि नेता कीर्ति आजादको भनाइ निन्दनीय भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै आपत्ति जनाएकाले यसमा थप दोहोर्याउन आवश्यक नभएको पनि उनले बताए । 

प्रदेश २ का मुख्यमन्त्रीले बोलको विषयमा मन्त्री ज्ञवालीले त्यस्तो कुरा आउला भनेर नसोचेको बताए । संविधान कार्यान्वयनपछि पहिलो चोटी विदेशका कार्यकारीले प्रदेशबाट भ्रमण सुरु गरेकाले गल्ती भएको हुन सक्ने भन्दै अबदेखि परराष्ट मन्त्रालय सजग रहने स्षप्टिकरण उनले दिए । 

ज्ञवालीले विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति खेदजनक रहेको बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे । 

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल-भारतबीचको सम्बन्ध २१औँ शताब्दी अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित, पञ्चेश्वर जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.