'नेपाली सेनाको मनोबल गिराउन भारतीय सेनाको प्रयोग'

'नेपाली सेनाको मनोबल गिराउन भारतीय सेनाको प्रयोग'

चितवन: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन् । 

सोमबार चितवनका पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको बताए । 

'नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ ?', उनले प्रश्न गरे ।

यादवले संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिए । 'तर जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ', यादवले भने ।  

यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले बोलेको कुरा जायज भएको पनि बताउ । 

प्रदेश २ का मूख्य मन्त्री राउतले मुलुक र प्रदेशको वस्तुतस्थितिबारे याथार्थ बोलेको पनि जिकिर गरे । 'मूख्य मन्त्रीले जे बोल्नुभयो याथार्थ बोल्नुभयो', उनले भने, 'उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएको मात्र हो ।'

अध्यक्ष यादवले प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्र सरकारले गल्ती गरिरहेको पनि आरोप लगाए । उनले केन्द्रबाट चार-चार जना मन्त्रीलाई पठाएर दुई-दुई जनाले स्वागत गर्नु गाईजात्रा भएको पनि टिप्पणी गरे । 

नेपालका प्रधानमन्त्री भारत जाँदा प्रदेश मूख्य मन्त्री र मन्त्रीले स्वागत गरेको उदाहरण दिँदै उनले सरकारको कदम गलत भएको बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.