पूर्वमा साकेलाको रौनक

पूर्वमा साकेलाको रौनक

सुुन्दरहरैंचा : चोली, फरिया, पटुुकी, बर्की, पोते र हारी (सिक्काको माला) मा सजिएका महिलाले दोकाँधे बनाएर भिरेको उनीको धागोबाट बनाइएको झोला।

दौरा, सुुरुवाल, स्टकोट, टोपी र पटुुकीमा सजिएर गोजीमा बुुकी फूल सिउरिँदै बिनायो र मुुर्चुुंगाका साथमा रहेका पुुरुष। किराँत समुुदायका तिनै महिला तथा पुुरुषको अलगअलग झुुन्ड मौलिक भेषभूषामा ‘चिटिक्क’ परेर ढोल र झ्याम्टाको आवाजले गुुञ्जायमान र संगीतमय बनिरहेको वातावरणमा अघि बढिरह्यो। ‘मौलिक पहिरनमा भिन्दाभिन्दै समूहमा अघि बढिरहेका किराँत समुुदायका केटाकेटी, युुवायुुवती, वृद्धवृद्धा ढोल र झ्याम्टाको तालमा गोलाकार भएर साकेला सिली नाच्न थाले। मौलिक तथा सांस्कृतिक नृत्यमा किराँत समुुदाय मग्न भइरहँदा त्यो दृश्यले बाटो हिँड्ने जोसुुकैलाई रोक्थ्यो। यो दृश्य हो, मोरङको सुुन्दरहरैंचा— ८ सलकपुुरमा रहेको साकेला थानको। थानमा किराँत समुुदायले पूजापाठ पनि गर्छन्।

किराँत समुुदायको साकेला पर्वमा आयोजना गरिने चण्डी नाच हेर्न सबै काम छाडेर आएको बताउँदै थिए बेलबारी नगरपालिकाका—५ का राजन थापा। ‘किराँत समुुदायले गोलाकार रूपमा देखाउने यो नृत्य कम्ती रमाइलो हुुँदैन’, उनले भने, ‘यसले सबै जातजाति र धर्म संस्कृतिका बीचमा एकता र सद्भाव बढाउन पनि मद्दत गरिरहेको हुुन्छ।’ यस्ता संस्कृति जगेर्ना गर्न आवश्यक रहेको थापाको भनाइ छ।

किराँत राई यायोक्खा सुुन्दरहरैंचा—८ का सल्लाहकार विष्णुु चाम्लिङ साकेला पर्व किराँत समुुदायले परापूर्वकालदेखि मनाउँदै आएको बताउँछन्। ‘यो पर्व अहिले पूर्वका विभिन्न ठाउँमा किराँत समुुदायकाले मनाइरहेका छन्’, उनले भने, ‘यो पर्वले विशेष गरेर पूर्वी नेपालकै सान बढाएको छ।’

किराँत राई यायोक्खा सुुन्दरहरैंचा—८ का अध्यक्ष पर्शुुराम खालिङ राई पुुर्खाले नै मान्दै आएको संस्कृतिलाई आफूहरूले निरन्तरता दिएको बताउँछन्। ‘यसलाई मर्न नदिन हामी लागिरहेका छौं’, उनले भने, ‘अन्य समुुदायले गर्नुु भएको सहयोग यसको जगेर्नाका लागि महŒवपूर्ण छ।’

ढोल र झ्याम्टाको तालसँगै किराँती तरुनी तन्नेरीहरू साकेला सिली नाच्दा उनीहरूको सिको गर्दै अरू पनि नाच्ने गरेको किराँत अगुुवा एवं राजनीतिकर्मी भक्तकिरण राईले बताए। प्रविधि र आधुुनिकीकरणले विदेशी गीत संगीत र संस्कृतिप्रति बढी रुचि लिने युुवायुुवती पनि मौलिक पहिरनमा सजिएर सिली नाचिरहेको दृश्य सबैका लागि लोभलाग्दो हुुने उनले बताए।

उनका अनुुसार उभौलीको अवसरमा किराँत राई यायोक्खा र किराँत समुुदायले साकेला पर्व मनाउने गरेका छन्। पितृ सम्झँदै भूमिपूजा गरेर साकेला सिलीको सुुरुवात गरिने उनले बताए। किराँत राईहरूले वैशाख पूर्णिमादेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गरेको राईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.