संघीयता असफल हुन्छ : रायमाझी

संघीयता असफल हुन्छ : रायमाझी

सन्धिखक : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सबै आ–आफनै ढंगले चले संघीयता असफल हुने बताएका छन्।  जनताको बलिदानीबाट ल्याएको संघीयतालाई असफलताबाट रोक्न र गलत ट्याकमा जान खोजेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए। 

सहिद टंकप्रसाद भुसालको स्मृति दिवसको अवसर पारेर सन्धिखर्क नगरपालिका १० को ढाकाचिनामा निर्माणाधिन शहिद स्मृति प्रतिष्ठानको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो बताएका हुन्।  देशमा गणतन्त्र स्थापना भएपनि सहिदको सपना साकार पार्न नसकेको उनको भनाइ छ। उनले राज्यले सबैलाई सहिद घोषणा गरेर वास्तविक सहिदको अवमूल्यन गरेको आरोप समेत लगाए।

बजेट जति सबै स्थानीय तह, त्यसपछि प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुने उनको भनाइ छ। संघ, सरकार, मन्त्री र सांसदलाई पनि विकास योजनासहितका बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार विक, सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, ९ का वडा अध्यक्ष देवबहादुर रायमाझी, माओवादी सन्धिखर्क नगरपालिकाका अध्यक्ष केबी भुसाल लगायतले मन्तव्य राखेका थिए। 

कार्यक्रम बसन्त खड्काको अध्यक्षता, डिलबहादुर रानाभाटको स्वागत र  राजेन्द्र जिसीको सञ्चालनमा सम्पन्न भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.