सकियो प्रदेश २ को प्रथम अधिवेशन

सकियो प्रदेश २ को प्रथम अधिवेशन

जनकपुरधाम : प्रदेश सभाको बिहीबार बसेको दोस्रो सत्रको बैठकबाट प्रथम अधिवेशन सकिएको घोषणा गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते आह्वान गरिएको प्रदेश सभाको चालु अधिवेशन जेठ ४ गतेदेखि अन्त्य गरिएको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख सरोजकुमार यादवले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

 जम्मा २५ वटा बैठक भएको प्रथम अधिवेशनको अवधिमा प्रदेश प्रमुखको सम्बोधन, सभामुख र उपसभामुखको निर्वाचन, सरकारको विश्वासको मत, आ.व.२०७४÷०७५ को सरकारको नीति तथा कार्यक्रम र बजेटलगायतको विषयवस्तुमा छलफल भएको थियो।बिहीबार अन्तिम दिन प्रदेशसभा कार्य संचालन नियमावलीमाथि छलफलभई सर्वसहमतिले पारित भएको हो। 

प्रथम अधिवेशन सम्पन्न हुँदासम्म सरकारद्धारा पेश भएको आठ विधेयकमध्ये २ वटा सभाबाट पारित भई प्रमाणिकरण समेत भइसकेको र दुईवटा विधेयक सभामा प्रक्रियामा रहेको छ भने ४ वटा विधेयक सचिवालयमा दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.