विवेकशील साझाको प्रदेश-३ को संयोजकमा समीक्षा बास्कोटा
काठमाडौं : विवेकशील साझा पार्टीले प्रदेश-३ को संयोजकमा समीक्षा बास्कोटालाई नियुक्ती गरेको छ।उनी कानुन व्यवसायी हुन्।
३४ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छन्।
बास्कोटा प्राध्यापन, कानुनी अभ्यास, व्यवसाय तथा परोपकारी गतिविधिमा सक्रिय छिन् गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ 'क' को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले तेस्रो स्थान हाँसिल गरेकी थिइन्।