युवती राख्ने ‘भोले बाबा’ को अत्याचार, अन्ततः पुगे प्रहरीको खोरमा

युवती राख्ने ‘भोले बाबा’ को अत्याचार, अन्ततः पुगे प्रहरीको खोरमा

बर्दिबासः भोले बाबाको भेषमा अपराध गर्ने एक साधु प्रहरीको फन्दामा परेका छन् । उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय परिषरबाट चार थान खुकुरीसहित पक्राउ गरेको हो । 

बर्दिबास नगरपालिका-३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पुजारी वसन्त बलम्पाकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए । पक्राउ परेका बलम्पाकी र उनका समर्थकको साथबाट प्रहरीले चार थान खुकुरी  बरामद गरेको छ ।

रक्सीको नासामा चप्पल लगाएर मन्दिर परिषरमा प्रवेश गरेको भन्दै बाबा बलम्पाकीको समुहले दुई स्थानीयलाई मंगलबार कुटेर गम्भीर घाइते बनाका थिए । बाबालाई कारवाहीको माग गर्दै उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो । 

भोले बाबा र खुकुरी 

बर्दिबास प्रहरीले छलफलको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो । भोले बाबाको भेषभुषामा मन्दिरका मुख्य पूजारी पलम्पकी भारतीय नम्बरको स्कापियोमा आफ्ना १० जना समर्थकसहित प्रहरी कार्यालयमा उपस्थित भएका थिए  । 

चार थान खुखुरी र चेलाचेलीसहित प्रहरी कार्यालयमा उपस्थित भएका उनलाई प्रहरी समातेर खोरमा हालेका हुन् । बाबामाथि कारवाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका सयौं बासिन्दाबीच गुण्डाको शैलीमा देखिएका थिए ।  

बाबा समुहको कुटाईबाट मंगलरबार बर्दिबास नगरपालिका-३ पाटुका २९ बर्षीय रमेश परियार र ४० बर्षीय माधव ढङ्गेल गम्भीर घाइते भएका वडा अध्यक्ष राजन ढुङ्गानाले बताए । त्रिशूल र मुक्काले कुटपीट गरेर गम्भीर घाइते बनाई बेहोस् अवस्था उनीहरुको उपचार चलिरहेको छ । 

लागूऔषध गाँजाले लठ्ठिएका बलम्पाकीको निर्देशनमा ती युवाहरुको कुटपिट गरि बेहोस् पारेर जंगलमा फालेका थिए । राती १ बजे जंगलबाट उद्दार गरेर स्थानीयले घाइतेलाई ज्यान जोगाउन अस्पताल भर्ना गरे । 

कुटाईबाट रमेशको बाँया खुट्टा भाँचिएको छ भने, आँखामा गहिरो चोट छ । माधवको कम्मर खुस्किएको छ, दुवै जनाको शरीरभरी निलडाम छ । 
घाँस काट्न गएका परियार र बलम्पाकी मन्दिर परिषरमा झुक्किएर चप्पल लगाएर पुगेका घाइतेको भनाई छ । 

कुटपिट मन्त्रबाट उपचार

देवी देवताले सताएर मन्दिर पुग्नेहरुलाई कुटपिट गरेर बाबा बलम्पाकीले उपचार गर्ने गरेको स्थानीय शिव कार्कीले बताए । जंगल र खोलाको भिरको सुनसान ठाउँमा राईमण्डल इन्देश्वर महादेव मन्दिर पर्दछ ।

झारफुकको लागि मन्दिर पुग्ने मान्सिक रोगीहरुलाई आरोपीत बाबाले गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस् बनाएर कुटपिट गरी उपचार गर्ने गरेको स्थानीय कृष्ण खड्काले बताए ।

‘मानसिक रोगीको उपचार बाबाले नै गर्छ भने, सरकारले अस्पताल किन खोल्नुपर्यो । लाखौं खर्च गरेर वुवाअमाले छोराछोरीलाई डाक्टर किन पढाउनु पर्यो,’उनले भने, ‘देवी देवताले सताएर बाबाकहाँ झारफुक गराउन जानेहरुलाई दुर्व्यवहार गरिन्छ ।’ 

युवतीहरुलाई महिनौसम्म जंगल जस्तो सुनसान ठाउँमा उपचार गर्ने बाहानामा राखिने गरेको भन्दै उनले थपें, ‘मन्दिरमा नबसे ठीक हुने बाबाले महिलाहरुलाई भन्छन् ।’ 

झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिनो दिनसम्म राखेर यौन शोषण गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् । मन्दिरमा अहिले ६ जना बालिका, युवती र महिलासहित १५ जना बस्ने गरेका मन्दिरका एक बाबाले बताए । 

मन्दिरका बाबाको व्यवहार हेरेर गुनासो गर्ने स्थानीयहरुलाई  मन्दिरमा बस्ने उनका चेलाहरुले धम्की दिदै आएको छ । ‘त घाँस काटन आउलिस्,’ भन्दै हाम्री छोरी बुहारीलाई मन्दिरमा बस्नेहरुले धम्की दिने गरेको स्थानीयहरुले बताएका छन् ।  पक्राउ परेका बाबालाई काडाकारवाही गर्न स्थानीय प्रहरीसँग माग  गरेका छन् ।

धर्मको नाममा विकृति

बर्दिबास नगरपालिका–३ वडा अध्यक्ष राजन ढुङ्गानाले मन्दिर धर्म स्थलको नाममा विकृतिस्थल बनेको बताए । 'ढोंगी बाबाले अपराध बढायो । घाँस काँटन जंगल पस्ने चेलीबेटी असुरक्षित भए', उनले भने, 'मन्दिर गाँजा, ट्याब खाने अखाडा बन्यो ।'

मान्सिक सन्तुलन गुमाएका एकजनालाई मन्दिरमा बाबाले उपचार गर्न पोहोर साल राखेका थिए ।. तर, पछि त्यसले मन्दिर पुगेका बर्दिबासस्थित गौरीडाँडाका राजमी शाहीलाई चिरपट्टाले हिर्काएर ज्यान लिएका थिए । 

आफुले कुटपिट गरेर उपचार गरी मान्छे निको पार्ने गरेको आरोपित बाबाले प्रहरी समक्ष दावी गरेका छन् । ‘एक सय ५१ रुपैंया भेटी लिन्छौं । अस्पतालबाट ठीक नहुने रोग झारफुक गरेर निको पार्छौं', उनले भनेका छन् । धर्मको रक्षा गर्न जंगलमा धुनी लगाएको आफूविरुद्ध  गलत आरोप लगाएको उनले दावी गरे ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले घटना अनुसन्धान भइरहेको जनाएका छन् । ‘बाबाविरुद्ध उजुरी आएको छ । अनुसन्धानपछी थप कुरा खुल्छ’, उनले भने । 

केही दिनअघि झारफुकको लागी मन्दिर पुगेका भक्तजनहरुलाई कुटदैं गर्दा फोटो खिच्दा स्थानीय शिव कार्की, सुरेश घिमिरे र गोविन्द क्याप्छाकीलाई बाबा बलम्पाकीको समुहले लखेटेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.