थ्रीस्टारलाई तेस्रोपटक उपाधि

थ्रीस्टारलाई तेस्रोपटक उपाधि

 गाईघाट : पाँचौं संस्करणको उदयपुर गोल्डकप फुटबलको उपाधि तेस्रो थ्रीस्टारले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा थ्रीस्टारले चर्चित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हरायो। थ्रीस्टारले तेस्रोपटक उपाधि जितेको हो। थ्रीस्टारले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि चुमेको थियो।

उपाधिसँगै थ्रीस्टारले पाँच लाख रुपैयाँ हात पार्‍यो। उपविजेता मनाङले तीन लाख रुपैयाँमा चित्त बुझायो। थ्रीस्टारका लागि १८औं मिनेटमा अजयी मार्टिनले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ दी म्याच मनाङका डोना थापा भए। बेस्ट डिफेन्स थ्रीस्टारका विजय धिमाल, बेस्ट मिडफिल्डर थ्रीस्टारका रूपेश केसी, बेस्ट कोच थ्रीस्टारका मेघराज केसी, राइजिङ प्लेयर उदयपुर-११ का प्रचल चौधरी, सर्वाधिक गोलकर्ता थ्रीस्टारका अजयी मार्टिन र बेस्ट गोलकिपर थ्रीस्टारका ऐलन न्यौपाने भए। उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताको दोस्रो हाफमा थ्रीस्टारक अजयी मार्टिन र मनाङका विमल बस्नेतबीच विवाद उत्पन्न भएपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए। त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए। खेलाडीको विवादपछि दर्शकदीर्घामा बसेका सर्मथकबीच पनि झगडा भएको थियो। 

त्यसपछि प्रहरीले २० मिनेट लगाएर झगडा साम्य पारेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका पिटर सेगुन भए। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए। विजेतालाई प्रदेश नं. १ का योजना तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले पुरस्कार प्रदान गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.