यातायात कर्मचारीबाट कुटिए सेवाग्राही

यातायात कर्मचारीबाट कुटिए सेवाग्राही

जनकपुर : जनकपुर अञ्चल यातायात कार्यालयका  कर्मचारीले  एक सेवाग्राहीलाई कुटपिट गरेका छन् ।  यातायात कार्यालयका कम्प्युटर अपरेटर राकेश यादवले सेवाग्राही जगदिश महतोलाई कार्यकक्षमै कुटपिट गरेका हुन् ।

महोत्तरीको भंगहा नगरपालिका सीतापुरका २१  वर्षीय महतो सोमबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्र बनाउन कार्यालय पुगेका थिए । अनुमतिपत्रका लागि आवेदन दिएपछि कर्मचारी यादवले महतोको  भौचर दिनुपर्नेमा अर्कै व्यक्तिको दिएपछि विवाद सुरु भएको हो । 

गर्मीको बेला लगातार ६ घण्टा लाइनमा बसेर भौचर लिने बेला गलत भौचर दिएपछि कर्मचारीलाई गल्ती सच्याउन अनुरोध गर्दा कुटाइ खानु परेको पीडित महतोले बताए । उनले भने,‘ भौचर नै गलत दिए अनि आफ्नो भौचर माग्न यादवको कोठाको ढोका ढकढक्याएको थिएँ ,उल्टै कार्यकक्षमा बोलाएर मलाई कुटे ।’

यादवको कुटाइबाट घाइते भएका महतोको जनकपुर अञ्चल अस्पतालमा उपचार गराइएको छ  । कर्मचारी यादवले सेवाग्राही महतोबाट अभद्र व्यवहार भएपछि आक्रोशमा आएर दुई झापड लगाएको स्वीकार गरे ।

उनले अन्नपूर्णकर्मीसँग फोनमा कुरा गर्दै भने,‘महतोलाई पटक पटक सम्झाउँदा पनि गाली बेइज्जत गर्दै ढोका हान्न थालेपछि दुई झापड लगाएको हुँ ।’ ढोका जवरजस्ती  थकेलेर पस्ने क्रममा दराजमा ठोकिएर गालामा चोट लागेको कार्यचारी यादवको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.