मन्त्रालयको आलटालले विमानस्थल अध्यागमनमा कर्मचारी अभाव

मन्त्रालयको आलटालले विमानस्थल अध्यागमनमा कर्मचारी अभाव

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले बेलामा कर्मचारी सरुवा नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएको छ । गृह मन्त्रालयले तत्काल २ सय कर्मचारी पठाइदिन आग्रह गरे पनि सामान्यले बेवास्ता गर्दा विमानस्थल अध्यागमनमा कर्मचारी अभाव भएको हो ।

अध्यागमनजस्तो संवेदनशील निकायमा आवश्यक कर्मचारी नहुँदा सरकारले सोमबारदेखि २१ घन्टा सञ्चालन गर्न थालेको विमानस्थल सेवासमेत प्रभावित हुने भएको छ । २१ घन्टा सञ्चालनमा विमानस्थलस्थित अन्य निकायले कर्मचारी व्यवस्थापन गरे पनि गृहले अध्यागमन कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । विमानस्थल अध्यागमन डेस्कमा कुल १ सय २९ जना अधिकृतको दरबन्दी भए पनि अहिले ७५ जनामात्र कार्यरत छन् । अध्यागमन २१ घन्टा ३ सिफ्टमा सञ्चालन गर्न कम्तीमा १ सय २० जना कर्मचारी आवश्यक पर्ने अध्यागमन स्रोत बताउँछ ।

गृहले कर्मचारी पठाउनुको साटो त्यहाँका अध्यागमन कर्मचारीलाई धमाधम सरुवा गर्न थालेको छ । त्रिवि अध्यागमनबाट राजनीति पहुँचका आधारमा सरुवा हुने तर गृहले त्यहाँ जाने कर्मचारीको व्यस्थापन गर्न नसक्दा समस्या जटिल बन्दै गएको स्रोत बताउँछ । गत मंसिर ३ गते अध्यागमन चुस्त बनाउन र सेवाग्राहीलाई सहज सेवा दिन ३ सिफ्टमा सेवा सुरु गरिए पनि चैतदेखि कर्मचारी अभावमा गृहले २ सिफ्टमा झारेको थियो । गृहले ०७० सालमा सांगठनिक सर्भे गरी विमानस्थल अध्यागमन ३ सिफ्ट चलाउनुपर्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थल २१ घन्टा सञ्चालन गर्ने औपचारिक शुभारम्भ गरेसँगै गृहले फेरि ३ सिफ्टमा अध्यागमन सञ्चालन गर्ने तयारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विमानस्थल अध्यागमन फेरि ३ सिफ्टमा चलाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘सरकारको नीति कार्यान्वयन गर्छौं । विमानस्थलमा व्यवस्थापन मिलाइरहेका छौं।’

अध्यागमनका एक कर्मचारीका अनुसार शान्ति मन्त्रालयमा अतिरिक्त समूहका ७÷८ जना कर्मचारी आएका छन् । ‘केही कर्मचारी आएका छन् तर उनीहरू पनि नियमित छैनन्’, विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले भने, ‘गृहले कर्मचारी पठाएको छैन, दु:खसुख चलाएका छौं । यति थोरै कर्मचारीले २१ घन्टा कार्यालय चलाउन कठिन हुन्छ ।’

गृहको स्वीकृति र सहमतिबिना सामान्यले २ महिनाअघि विमानस्थलस्थित अध्यागमन कार्यालयका ३८ जना कर्मचारी एकैपल्ट सरुवा गरेपछि त्यहाँ कर्मचारीको खडेरी नै भएको थियो । अहिले बिहान ६ देखि २ बजेसम्म एउटा र दिउँसो २ देखि राति साढे १२ बजेसम्म अर्को गरी २ सिफ्टमा विमानस्थल अध्यागमन कार्यालय सञ्चालित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.