काम नगर्ने ठेकेदारको सूची बनाइँदै

काम नगर्ने ठेकेदारको सूची बनाइँदै

भैरहवा ः जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लामा सञ्चालित सानाठूला आयोजनाको ठेक्का लिएर लापरवाहीपूर्वक काम गर्ने ठेकेदारहरूको सूची संकलन थालेको छ। गृहमन्त्रालयले आयोजनाहरूको ठेक्का लिएर लापरवाहीपूर्वक काम गर्ने ठेकेदारहरूको सूची तयार पारेर एक सातामा मन्त्रालयमा पठाउने निर्देशन दिएपश्चात् जिल्ला प्रशसानले ठेकेदारहरूको सूची संकलन थालेको हो।

जिल्लाको विकास निर्माणको कार्यमा लापरवाही गर्ने ठेकेदारको सूची तत्काल उपलब्ध गराउन भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लामा सञ्चालित आयोजना प्रमुखलाई बोलाएर छलफलसमेत गरेका छन्।

उनले आयोजना प्रमुखहरूलाई आयोजनाको लापरवाहीपूर्वक काम गर्ने ठेकेदारहरूको सूची उपलब्ध गराउन निर्देशन दिइसकेको बताए। उनले केही आयोजनामा सरकारी निकायकै कारण प्राविधिक समस्या रहेको र केही आयोजनामा बजेट अभाव हुँदासमेत काममा ढिलाइ भएको पाइएको बताए।

‘मन्त्रालयको परिपत्रअनुसार मैले आयोजना प्रमुखहरूलाई बोलाएर लापरवाहीपूर्वक काम गर्ने ठेकेदारको सूची केही दिनभित्रै उपलब्ध गराउन निर्देशन दिइसकेको छु’, उनले भने, ‘केही आयोजना सरकारी निकायकै कारण प्राविधिक समस्या र बजेट अभावले काममा ढिलाइ भएको पनि पाइएको छ।’

उनले थपे, ‘तर लापरवाहीका कारण काम गर्ने ठेकेदारहरूको सूची आइसकेपछि थप प्रक्रिया अघि बढाइनेछ। जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी रानाले जिल्लामा सञ्चालित विकास निर्माणको कार्य प्रगति सुस्त रहेको भन्दै तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए।

बैठकमा सहभागी विभिन्न आयोजनाका प्रमुखले समयमै आयोजना सम्पन्न गर्न सरकारी निकायबाटै समस्या उत्पन्न भएको कारण काममा ढिलाइ भएको र केही बहुवर्षीय आयोजना बजेट अभावका कारण ढिलाइ भएको गुनासो पोखेका थिए।

बैठकमा डिभिजन सडक कार्यालय बुटवल, बुद्ध सर्किट आयोजना, लुम्बिनी विकास कोष, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन कार्यालय, गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल आयोजना र भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजनाका प्रमुखहरूको उपस्थिति रहेको थियो। जिल्लामा ५१ वटा सडकसहित ९० बढी सानाठूला आयोजना सञ्चालित रहेका रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।

जिल्लामा सञ्चालित सडक आयोजनामध्ये बेलहिया बुटवल ६ लेन सडकखण्डको अञचलपुरदेखि कटैयासम्म सडक निर्माणको ठेक्का पाएको बिरुवा कन्सट्रक्सनले निर्माण कार्यमा निकै लापरवाहीपूर्वक सुस्त गतिमा काम गरिरहेको जनगुनासो छ। बिरुवाले सडक निर्माणको वर्षौंअघि पाएको ठेक्काअवधिसमेत आगामी भदौ महिना समाप्त हुन थाले पनि आधा कामसमेत सम्पन्न नगरेको स्थानीयको भनाइ छ। बिरुवाको लापरवाहीपूर्वक कामले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे सडकमा बाध्यतापूर्वक यात्रा गर्नुपरेको सरोकारवालाहरूले बताए।

त्यस्तै जिल्ला सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा सडक निर्माणको ठेक्का पाएको चाइना गोन्जाव शर्मा एन्ड कम्पनीले पनि निकै सुस्त गतिमा गुणस्तरहीन सडक निर्माण गरिरहे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

यस्तै जिल्ला प्रशसान कार्यालय भवन निर्माणको ठेक्का पाएको भ्याली कन्सट्रक्सनले पनि अधुरो काम गरेर छाडे पनि हालसम्म ठेकेदार कम्पनीलाई कुनै कारवाही भएको छैन।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीको कार्यालय। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.