तमोर करिडोरमा अवरोध

तमोर करिडोरमा अवरोध

 फुङलिङ : भारत र तिब्बत जोड्ने तमोर करिडोर निर्माण एक सातादेखि रोकिएको छ। फक्ताङलुङ गाउँपालिका–६ लेलेपका स्थानीयले बस्ती घुमाएर मात्र लानुपर्ने भन्दै गत मंगलबारदेखि काममा अवरोध पु¥याएका हुन्।

‘पुरानो सर्भेभन्दा फरक ठाउँबाट सडक खनेपछि समस्या भएको हो’, स्थानीय छेतेन शेर्पाले भने। पुरानो सर्भेबाट लैजाँदा कतिपय घरको उठिबास हुने भन्दै उनीहरूले नै सडक कार्यालयमा निवेदन दिएका थिए। नयाँ सर्भेबाट गएको सडक बस्तीको माथिल्लो भाग गुम्बा डाँडा पुगेपछि स्थानीयले अवरोध गरेका हुन्।

सडक विस्तारको काम गर्दै आएको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले केही स्थानीयले काम अघि नबढाउन भनेपछि मेसिन रोकिएको बताए। यो क्षेत्रमा तीनवटा मेसिन र तेल बोक्ने ट्र्याक्टर रहेको उनले सुनाए। पहिलोले ट्र्याक खोल्ने, दोस्रोले सडक चौडा बनाउने र तेस्रोले अन्तिम रूप दिने काम गरिरहेका थिए। १० मिटर चौडाइको सडक खनिरहेको उनले बताए।

तमोर करिडोर आयोजनाका प्रमुख कुवेर नेपालीले समुदायसँग समन्वय प्रयास भइरहेको बताए। ‘उहाँहरूका सबै कागजात हामीसँग छन्, यथाशक्य चाँडो समुदायसँग सहमतिको प्रयास गछौं, नभए प्रशासनको सहयोगमा विस्तार गर्छौं’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना भएकाले सानातिना विवादले सडकको काम रोकिँदैन।’

लेलेपका वडाध्यक्ष छोवाङ शेर्पाले समुदायसँग अझै छलफल भइरहेको बताए। उक्त ठाउँमा बस्तीमा सडक लाने कि नलाने भन्नेमा समुदाय नै विभाजित छन्।

गाउँपालिका अध्यक्ष सरोज लिम्बूले सहजीकरणका लागि दुई दिनको समय मागेका छन्। सकेसम्म समुदायसँगको सहकार्यमा अघि बढ्ने प्रयास गरिएको अध्यक्ष लिम्बूले बताए। सडक विस्तारको काम अघि बढेकाले अब बस्तीमा प्रवेश गराउने सम्भावना न्यूनरहेको प्राविधिकको भनाइ छ।

तापेथोकबाट ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने जिम्मेवारी पाएको एलाइटले ओलाङचुङगोलाबाट दुईवटा मेसिन लगाउने तयारी गरिरहेका बेला स्थानीयले अवरोध पु¥याएको जनाइएको छ। बहुवर्षीय ठेक्काअन्तर्गत ३६ करोडमा ठेक्का पारेको कम्पनीले निर्धारित समयअघि नै काम सक्ने गरी काम बढाएको छ। अवरोध नभए अब पनि चाँडै काम सक्ने कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.