चार ठूला सडक स्तरोन्नति

चार ठूला सडक स्तरोन्नति

कावासोती ; पूर्वी र पश्चिम नवलपरासीमा सञ्चालित योजनामध्ये चार ठूला सडकको स्तरोन्नति गरिएको छ। विश्व बैंकको अनुदान तथा ऋण सहयोगमा एसएनआरटीपी कार्यक्रमअन्तर्गत सम्पन्न गरिएका सडकको लागत २७ करोड बढी छ।

जिल्ला प्राविधिक कार्यालयद्वारा सञ्चालित भई स्तरोन्नति गरिएका सडकमा पश्चिम जिल्लाको महेशपुर–त्रिवेणी ( चार करोड ७० लाख) र महेशपुर–पञ्चनगर (११ करोड) छन्। पूर्वी नवलपरासीको सडकमा दलदले–मुण्डे ( चार करोड ५० लाख) र मुण्डे–कुमसोत ( ६ करोड) छन्। ती सडकमा ओटासिल प्रविधिबाट ग्राभेल तथा कालोपत्रे गरिएको हो।

सडकसँगै चार वटा पुलको स्तरोन्नति गराउने कार्यसमेत सुरु गरिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर मुक्तिराम भट्टराईले बताए। ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडीपी ) कार्यक्रमले पूरा गर्न नसकेका योजनालाई प्राथमिकतामा राखेर सडक र पुल सम्पन्न गर्न लागिएको भट्टराईले बताए।

ती सडक तथा पुलको स्तरोन्नति पूरा भएपछि सडक सञ्जालबाट टाढा रहेका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमले विश्वास लिएको छ। जसबाट बस्तीको उत्पादन सीधै बजारमा पु¥याउन सडकले सहयोग गरेको कार्यालयले जनाएको छ। सडक विस्तारका क्रममा प्रभावित दलित, जनजाति, पिछडिका वर्ग, एकल महिला, विपन्न परिवारका आवश्यकताअनुसार विभिन्न सीपमूलक र अन्य आयमूलक कार्यक्रम तथा तालिम प्रदान गरिँदै आइएको कार्यालयले जनाएको छ। जसबाट ती समुदायको जीविकोपार्जनमा सहयोग पुगेको जिल्ला इन्जिनियर भट्टराईले दाबी गरेका छन्।

त्यसैगरी जिल्लाका ठूला सडक आयोजनामा दुई वटा सडकको आवधिक मर्मत कार्य सम्पन्न भएको छ भने अन्य दुईलाई मर्मतका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ। त्यस्तै नौ वटा सडकको नियमित मर्मतसम्भार गरिँदै आइएको कार्यालयले जनाएको छ। जसमा पूर्वी जिल्लामा पाँच र पश्चिममा चार वटा सडकको मर्मतसम्भार हुँदै आएको छ। ती सडकको कुल लम्बाइ एक सय ६८ किमि छ। प्रतिसडक एक लाखका दरले सबै सडकको मर्मतसम्भार गर्न वार्षिक एक करोड ६८ लाख छुट्याइएको जिल्ला सडक मर्मत सम्भारका सब इन्जिनियर मनोज यादवले जानकारी दिए।

मर्मतका लागि साबिकका गाविसको सिफारिसमा ७४ जना सडक मर्मतकर्ताको छनोट गरिएको छ। छुट्याइएको रकम कोषमा जम्मा गरिएको छ। छनोट भएका मर्मतकर्ताको पारि श्रमिकदेखि मर्मतका अन्य कामसमेत सोही कोषको रकमबाट हुँदै आएको सबइन्जिनियर यादवले बताए। मर्मतकर्तालाई विभिन्न १८ समूहमा विभाजन गरेर बाहै्र महिना सडक सञ्चालनमा ल्याइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.