असार २० सम्म काम पूरा गर्ने सर्तमा ठेकेदार रिहा

असार २० सम्म काम पूरा गर्ने सर्तमा ठेकेदार रिहा

दाङ : निर्माणको जिम्मा लिएर समयमै काम पूरा नगर्ने दुईजना निर्माण व्यवसायीलाई पक्राउ गरेको २४ घण्टा नहुँदै रिहाई भएका छन्।जिम्मा लिएको काम असार २० गतेभित्र पूरा गर्ने र पूरा गर्न नसके कानुनअनुसारको कारवाही र सजाय भोग्ने कागजमा हस्तारक्षर गरेपछि सडक डिभिजन कार्यालय दाङका प्रमुखको रोहबरमा उनीहरुलाई रिहाई गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। 

जिल्लाका पुल, सडकका योजना निर्माणका लागि सम्झौता गरेर काम नगर्ने २२ जना निर्माण व्यवसायीको सूची तयार पारेर बिहीबार पक्राउ गरिएका दुईजना निर्माण व्यवसायीलाई प्रहरीले रिहा गरेको हो। 

२०७१ सालमा घोराहीको चार लेन सडक निर्माण र केही पुल निर्माणको जिम्मा लिएर निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट र तुलसीपुर चारलेनको सडक निर्माणमा लापरबाही र ढिलासुस्ती गरेको भन्दै प्रकाश महतरालाई तुलसीपुरबाट नियन्त्रणमा लिइएको थियो। दुबैजनालाई २४ घण्टाभित्रै रिहाइ गरिएको छ।

श्रेष्ठले काम गर्न र गाराउन सहज होस् भनेर सडकलाई रोहबरमा राखिएको बताए। उनले अन्य व्यवसायीको खोजीकार्य जारी भएको भन्दै काम नगर्ने र ढिला सुस्ती गर्ने सबैलाई दायरामा ल्याउने बताए। 

गुहमन्त्री रामबहादुर थापाको  निर्माणमा ढिला सुस्ती गर्ने र लापरबाही गरी अटेरी गर्ने निर्माण व्यवसायीलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि दाङमा पनि निर्माण व्यवसायीमा निगरानी बढाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.