युुग पाठकको कविता : प्रेमजात्रा
भविष्यवाणी गरिसक्यो सिंहदरबारले
अब केवल एउटै हुुनेछ ऋतुु
मात्र, अनि मात्र प्रेमको ऋतुु !
डोजरले छर्नेछ प्रेमको गुुब्बार
एस्क्याभेटरहरू गाउनेछन् प्रेमगीत
प्रेमको नरसिंगा बजाउँदै आउनेछ रेल
च्छोरोल्पाबाट गर्वसाथ ओर्लनेछ पानीजहाज
डाँफेको कल्की लगाएर उड्नेछ समृद्धि
स्वर्गको यो टुुक्रामा
अहँ, गुुन्गुुनाउन पाइन्न बदलिने मौसमको संगीत
फगत प्रेमको कुुरा गर्ने छुुट छ यहाँ
भन, के हुुनसक्छ योभन्दा महान् छुुट ?
पहिरिसकेको छ नयाँ सम्राट्ले
प्रेमको जग्मगाउँदो श्रीपेच
अब नगर गरिबीको तुुच्छ कुुरा
नगर भेदभाव र छुुवाछूतका अछूत कुुरा
जुुटिसकेका छन् राष्ट्रकविहरू
गाथा रच्न श्रीपेचका पेचहरूको
हो, प्रवेश निषेध छ प्रश्नको हँसियालाई
जवाफ र सपनाहरूको यो लोकमा
सिर्फ प्रेममा लहसिने छ अनुुमति
भन, के हुुनसक्छ योभन्दा महान् अनुुमति ?
लालीगुुराँसका थुुंगाले रेडकार्पेट बुुनिरहेका सम्पादक
सवालको धावनमार्ग छाडेर उडिसकेका पत्रकार
मायामदिराले चुुरचुुर पप स्तम्भकार
मायानगरीका दृश्यदृश्यमा आफैं कैद क्यामेरा
हो, जात्राहरूको पनि महाजात्रा
प्रेमजात्रामा मस्त अखबारहरू
टीभी, रेडियो, अनलाइन सब पंक्तिबद्ध लाइनमा
जारी छ स्वतन्त्रताको सुुन्दरी प्रतियोगिता
प्रेस स्वतन्त्रता ठूलो कि प्रेम स्वतन्त्रता ?
भन, के हुुनसक्छ योभन्दा महान् स्वतन्त्रता ?
अवाज बन्द !
शंका बन्द !
चिन्तन बन्द !
खुुला छ केवल प्रेमजात्रा !!