'संघीय संरचनाअनुसार नै कर्मचारी व्यवस्थापन हुन्छ'

'संघीय संरचनाअनुसार नै कर्मचारी व्यवस्थापन हुन्छ'

काठमाडौं  ः  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताएका छन् । 

काठमाडौंमा भएको एक  साक्षात्कारमा उनले भने,‘प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय ढाँचाअनुसार गरिने छ ।’ उनले  राष्ट्रसेवक तथा जनप्रतिनिधिबीचको समन्वय गरेर संघीय शासन सफल पार्ने बताए। 

मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले सय दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दाबी पनि गरे । उनले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत हुने बजेटले छर्लङ्ग हुने गरी स्पष्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताए। 

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले संविधान संशोधन जस्ता मधेशी जनताको पक्षमा वर्तमान सरकारले काम नगरेको आरोप लगाउँदै सरकारलाई राजपाले दिँदै आएको समर्थन फिर्ता लिनका लागि सोच्नुपर्ने दिन आइसकेको बताए । उनले भने,‘मधेशी जनताको काम गर्दैन भने हामीले किन सरकारलाई समर्थन दिइरहने ?’ 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री संजय गौतमले वर्तमान ओली सरकारले जनतालाई सपना बाँड्नेबाहेक ठोस काम नगरेको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास निर्माण गर्ने कुनै कार्यक्रम नभएको बताउँदै रेल ल्याउने सपना बाँड्नुभन्दा पूर्व–पश्चिम राजमार्ग, राष्ट्रिय गौरवका योजना पूरा गर्न सरकारलाई सल्लाह दिए। 

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जनताले सरकारको व्यवहारलाई नियालिरहेको र परिणाम प्राप्त हुने काम खोजिरहेको बताए ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.