प्रदूषित पानीले सिंगै गाउँमा झाडापखाला

प्रदूषित पानीले सिंगै गाउँमा झाडापखाला

तुलसीपुर : दाङ शान्तिनगर गाउँपालिका–३ चिराघाटकी रति पुनको हातमा ग्लुकोज पानीको पाइप लगाएको ५ घण्टा भयो। उनको शरीरमा पानीको मात्रा कम भए पनि शान्तिनगर स्वास्थ्य चौकीको प्रसूति वार्डको भुइँमा बोरा बिछ्याएर उनलाई पानी चढाइएको छ।

शुक्रबार बेलुकादेखि झाडापखाला भएपछि उनमा जलवियोजन भयो शनिबार बिहानैदेखि उनले स्वास्थ्य चौकीमा उपचार गराइरहेकी छन्। उनको घरका अन्य तीन जनाको अवस्था पनि त्यस्तै छ। एक जनाको कोलियामा उपचार भइरहेको छ भने अर्का सदस्य उनीसँगै सघन रूपमा उपचार गराइरहेका छन्।

स्वास्थ्य चौकीमा झाडापखालाका बिरामी तीन सय बढी भएपछि अस्पतालको सबै स्थान बिरामीले भरिभराउ छ। ठाउँ नभएपछि खाली ठाउँ खोजेर बिरामीलाई उपचारको व्यवस्था मिलाइएको छ। स्थानी तकमता बुढाको पनि पुनको जस्तै अवस्था छ। उनका घरका अन्य सदस्यको अवस्था पनि उस्तै छ। तकमता अस्पतालको चिसो भुइँमा सुतेर औषधोपचार गराइरहेकी छन्।

तीन जनाको परिवार रहेको बुढाको घरमा अहिले कोही पनि छैन। सबैलाई झाडापखालाले प्रभावित बनाएपछि स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन्। शान्तिनगरकै प्रदेशु चौधरीका दुई जनालाई पनि झाडापखालाको संक्रमणले छाडेन। चौधरीका दुवै जना घर छाडेर उपचारका लागि स्वास्थ्यचौकी पुगेका छन्।

पातेटाकुराको चौतारीमा दर्जन बढी युवा तथा वृद्ध झोक्राएर बसिरहेका छन्। दुई दिनदेखि झाडापखालाले आक्रान्त बनेका उनीहरूमा पीडाभाव झल्किन्छ। केही भने झाडापखाला संक्रमण समाधानको उपायबारे छलफल गर्दै विगत घटनाको चित्रण गरिरहेका थिए। यो अवस्था स्थानीय खोलाको प्रदूषित पानी पिउँदा आएको हो। अहिले गाउँभरि झाडापखाला फैलिएको छ। घरमा एक जना पनि बस्न सक्ने अवस्था छैन। सबैलाई नजिकको स्वास्थ्यचौकी चिराघाट र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारमा राखिएको छ। शान्तिनगरमा झाडापखाला फैलँदा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ।

यही स्थानमा १० वर्षपहिले पनि झाडापखालाले महारामी निम्त्याएको थियो। त्यतिबेला दुई जनाले ज्यानसमेत गुमाएको स्थानीय झुकलाल मगरले सुनाए। म पनि हिजोदेखि थला परेको छु,’ उनले भने। विगतमा पनि यस्तो समस्या आएको जानकारी दिँदै खोलाको दूषितपानीले यस्तो भएको बताए।

खोलाको धमिलो पानी खाँदा दाङको शान्तिनगर गाउँपालिका–का तीनवटा गाउँमा झाडापखालाको प्रकोप फैलिएको छ। यसलाई स्वास्थ्यकर्मीले झाडापखालाको महामारी भनेका छन्। खानेपानी संस्थानले वितरण गरेको खानेपानी र स्थानीय खोलाको धमिलो पानी खाँदा सबै गाउँले झाडापखालाको प्रकोपमा परेको स्थानीय बताउँछन्। शुक्रबार दिउँसोदेखि फैलिएको झाडापखाला प्रकोप सामान्य अवस्थामा फर्कन सकेको छैन। यसको प्रत्यक्ष असरमा महिला, बृद्धवृद्धा र बालबालिका परेका छन्।

शान्तिनगर गाउँपालिका–३ चिराघाट, पातेटाकुरा बयालेलगायत क्षेत्रमा झाडापखाला प्रकोप फैलँदा साढे तीन सय बिरामी परेका छन्। २ सय जना गम्भीर अवस्थाका र उनीहरूमा जलविनियोजन भएपछि शान्तिनगर स्वास्थ्यचौकी र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए।

उनले शनिबार बिहानैदेखि स्वास्थ्यचौकी र गाउँपालिकाको स्वास्थ्य शाखाको १० जनाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जानकारी दिए। उपचारकै क्रममा औषधि अभाव भएपछि बीचमा उपचारमा समेत समस्या देखिएको थियो। पछि राप्ती अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालबाट थप औषधि व्यवस्थापन भएपछि उपचारमा सहज भएको पुनले बताए। महामारी भने अझै नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय माइली पानी खानेपानी उपभोक्ता समितिले वितरण गरेको पानी र खोलाको दूषित तथा फोहोर पानी खाँदा गाउँलेमा झाडापखालाको प्रकोप फैलिएको वडाध्यक्ष बुद्धिराम तिवारीले जानकारी दिए। उनले शनिबार नै संस्थाको खानेपानी ट्यांकीलाई प्रशोधित बनाइएको बताए। तिवारीले गाउँका प्रायः सबै घरमा यसको प्रकोप रहेको उल्लेख गरे।

प्रदूषित पानीकै कारण आफूहरूलाई झाडापखाला भएको रति पुनले बताइन्। उनले धारामा आएको पानी धमिलो भएको र त्यही पानी खाएर बिरामी परेको दाबी गरेकी छन्। स्थानीयले खानेपानी समस्याले यो महामारी फैलिएको भन्दै १० वर्षअघि महामारी फैलिँदा दुई जनाको त्यही ठाउँमा ज्यान गएको बताए।

खानेपानी संस्थानले वितरण गरेको खानेपानी र स्थानीय खोलाको धमिलो पानी खाँदा सबै गाउँले झाडापखालाको प्रकोपमा परेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.