सरुवा भएकै कर्मचारी जाँदैनन् विमानस्थल अध्यागमन

सरुवा भएकै कर्मचारी जाँदैनन् विमानस्थल अध्यागमन

काठमाडौं : त्रिवि अध्यागमन कार्यालयले तत्काल कर्मचारी नपठाए दैनिक कार्य सम्पादनमै कठिनाइ हुने भन्दै आइतबार गृहमा पत्राचार गरेको छ । विमानस्थल अध्यागमन कार्यालयले सरुवा भएका १४ जनालाई तत्काल पठाइदिन आग्रह गरेको हो ।

त्रिवि विमानस्थले जेठ ७ देखि दैनिक २१ घण्टा सेवा सुरु गरिसकेको छ । अध्यागमन कार्यालयले पनि आइतबार देखि २१ घण्टे सेवा सुरु गरेको छ । अध्यागमन कार्यालयले अन्नपूर्ण, कञ्चनजंघा र सगरमाथा समूह छुट्याइ बिहान ६ देखि राति ३ बजेसम्मका लागि कर्मचारी व्यवस्थापन गरेको छ । तीन सिफ्ट सुरु गरे पनि कर्मचारी अभावका कारण अहिले प्रत्येक सिफ्टमा २५ जना मात्र कर्मचारी खटिएका छन् । प्रत्येक सिफ्ट ४० जनाको क्षमता छ ।

गृहले त्रिवि अध्यागमनमा कर्मचारी नपठाउँदा सेवाग्राहीले दिनहुँ सास्ती व्योहोर्दै आएका छन् । कर्मचारी अभाव हुँदा सेवाग्राहीको लामो लाइन लाग्नु पर्ने तथा कहिले कहीं जहाजसमेत छुट्नबाट पीडित भएकोले कर्मचारी पठाउन अध्यागमनले ताकेता गरेको हो ।

विमानस्थल अध्यागमनमा १ सय २९ अधिकृतको दरबन्दी छ । हाल ७५ जना मात्र कार्यरत छन् । विभिन्न निकायबाट विमानस्थल अध्यागमनमा सरुवा भएका १४ जना कर्मचारी हाजिर हुन गएका छैनन् । उनीहरू त्रिवि अध्यागमन कार्यालयमा भएको सरुवा रद्द गराउन लबिङमा लागेको स्रोतले दाबी गरेको छ । शक्तिका आडमा गृहले केही कर्मचारीको सरुवा रद्द पनि गरिसेकको छ ।

पदभार ग्रहण गर्ने वित्तिकै अध्यागमन सुधार गर्ने प्रतिवद्धता जनाएका गृहमन्त्री रामबहादुर थापामाथि कर्मचारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । मन्त्री बने लगत्तै त्रिवि अध्यागमन कार्यालय अनुगमन गर्न पुगेका गृहमन्त्री थापाले अध्यागमन सुधार्ने प्रतिवद्धता जनाएका थिए ।

राजनीति पहुँचका आधारमा त्रिवि अध्यागमनबाट कर्मचारीलाई भाटभट अन्यत्र सरुवा गर्ने तर त्यहाँ सरुवा भएकालाई पठाउन उदासिन बनेको गृहमाथि आरोप लागेको छ ।

विमानस्थल अध्यागमनमा हाजिर हुन नजानेमा राकेश पाण्डे, खडगबहादुर श्रेष्ठ, विमल भट्टराई, जितेन्द्र बलामी, सुनील पौडेल, सञ्जिव निरौला, जनकराज शर्मा, शम्भुप्रसाद यादव, तुलसीप्रसाद दाहाल, कन्हैयाकुमार मि श्र, ईश्वरप्रसाद कलवार, अमरदीप सुनवार, सविना कोइराला र विजय इङनाम छन् । गृहबाट सरुवा भएका कृष्णराज रेग्मी भने आइतबार हाजिर भएका छन् ।

अध्यागमनमा हाजिर नभएका कर्मचारी

राकेश पाण्डे

खडग बहादुर श्रेष्ठ

विमल भट्टराई

जितेन्द्र बलामी

सुनील पौडेल

सञ्जिव निरौला

जनकराज शर्मा

शम्भुप्रसाद यादव

तुलसीप्रसाद दाहाल

कन्हैयाकुमार मि श्र

ईश्वरप्रकाश कलवार

अमरदिप सुनुवार

सविना कोइराला

विजय इङनाम
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.