राजपा-फोरम गठबन्धन टुट्ने आशंका

राजपा-फोरम गठबन्धन टुट्ने आशंका

 जनकपुर  : प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो ।

काठमाडौंमा भएको सहमति सार्वजनिक भएलगत्तै प्रदेश २ को राजधानी जनकपुरमा फोरम-राजपा गठबन्धन रहने÷नरहनेबारे नेताबीच चर्चा हुन थालेको छ । प्रदेश २ मा पनि नेकपा-फोरम गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको सत्ता-गठबन्धन तोडेको आरोप लगाउँदै भने, ‘मधेस आन्दोलन फोरम-राजपाले सँगै गरेको थियो । अहिले पनि मिलेरै सहमति गर्नुपथ्र्यो तर फोरम अध्यक्ष यादवले त्यसलाई उल्लंघन गरे ।’

महतोले गठबन्धनमा तलमाथि गर्दा मुद्दा कमजोर हुने र एजेन्डा सम्बोधन नहुने खतरा बढी रहने बताए । उनले भने, ‘अहिल्यै गठबन्धन टुटेको त छैन तर हामी फोरमको गतिविधि हेरेर निर्णय गर्छौं ।’

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले तत्कालै फोरमले केही निर्णय गर्ने अवस्थामा नरहेको बताए । फोरम र नेकपासँग भएको सम्झौता आफ्नो नकारात्मक टिप्पणी नरहेको उनको भनाइ छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भए संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावनातर्फ राजपाले संकेत गरेको छ । प्रदेश २ को गठबन्धन टुट्न सक्नेतर्फ संकेत गर्दै राजपा महामन्त्री मनिष सुमनले भने, ‘फोरम अध्यक्ष यादव सरकारमा जाने सम्झौता गरेपछि राजपालाई पनि आफूखुशी निर्णय गर्न बाटो खुलेको छ ।’

सुमनका अनुसार जेठ २५ गते बस्ने राजपा बैठकले गम्भीर निर्णय गर्ने सम्भावना छ ।

 त्यसमा प्रदेश गठबन्धनदेखि लिएर अन्य मधेसका मुद्दाबारे पनि छलफल गर्ने राजपाको तयारी रहेको उनले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने फोरम-राजपा गठबन्धन सम्बन्धमा त्यस्तो कुनै असर नपरेको बताए । ‘हामी अहिले पनि एक नै छौं, केन्द्रीय सरकारमा पार्टी सहभागी भएको छ,’ उनले भने, ‘तर हामी प्रदेशमा एक नै छ ।’ केन्द्रीय सरकारको सहभागतिाको विषय लिएर प्रदेशमा कुनै असर नपरेको उनले बताए ।

फोरम-राजपा गठबन्धनको प्रदेश २ मा ५४ सिट छ । बहुमत पुग्ने भएको हुनाले दुवै दल मिलेर सरकार गठन गरेका छन् ।

एक सय सातजना प्रदेशसभा सदस्यमध्ये फोरमसँग मात्रै २९ सिट छ । नेकपा र फोरम मिल्दा ६१ सिट अर्थात् सहज बहुमत पुग्ने देखिन्छ ।

फोरम-राजपाको गठबन्धनमा ३ फागुनमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकार गठन भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.