कर्मचारीको तलब बढेन
![कर्मचारीको तलब बढेन](https://annapurnapost.prixacdn.net/media/albums/yubaraj_kh_20180529103813_iBU7sX2U9A.jpg)
काठमाडौं : सरकारले निजामति कर्मचारीको तलब बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत बजेटमा कर्मचारीको भत्ता १ हजारबाट बढाएर २ हजार बनाइएको छ भने शिक्षकको पोशाक भत्ता पनि बढाइएको छ ।
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कर्मचारी तलबको पुनरावलोकन गर्न तलब आयोग गठन गर्ने जनाइएको छ । ७ हजार रहेको शिक्षकको पोशाक भत्ता १० हजार बनाइएको छ । दुई वर्ष पहिले ओली नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)