ख्याल-ख्यालमै विश्व कीर्तिमान

ख्याल-ख्यालमै विश्व कीर्तिमान

काठमाडौं : एकै महिनामा अग्ला तीन हिमाल आरोहण गरेर साहसिक विश्व कीर्तिमान बनाएकी निमाजाङमुु शेर्पाको कीर्तिमान बनाउने कुुनै योजना थिएन। हिमाल आरोहण गर्ने सोच आएपछि दाजुु मिङमा ग्याल्जेनसँग सल्लाह गरेर आधारशिविर पुुगेकी उनले अन्ततः एकै महिनामा तीन हिमाल आरोहण गर्ने पहिलो साहसिक महिलाको विश्व कीर्तिमान कायम गरिन्।

सगरमाथा र कञ्चनजंघाको आरोहणमा उनले सहयोगी गाइडसमेत लगिनन्। हिमाल आरोहण उनका लागि खासै ठूलो कुुरा नभएको उनको भनाइ छ। ‘मैले जानुुअघि हल्ला पनि गरिनँ, जाने सोच आएपछि दाजुुसँग आर्थिक सहयोग मागेर आरोहणमा गएँ’, उनले भनिन्, ‘ल्होत्से आरोहण गरें, त्यसपछि सगरमाथा आरोहण गरें। मेरो आँट मरेन। त्यसपछि कञ्चनजंघा आरोहण गर्ने लक्ष्य राखें।’ एकै मौसममा तीन अग्ला हिमाल आरोहण गर्दा कुुनै समस्या आयो कि आएन ? उनी भन्छिन्, ‘त्यस्तो कुुनै अनुुभूति भएन। दिउँसो घामले पोलेर गर्मी भयो। त्यसैले धेरैजसो राति हिँडेर चुुचुुरोमा पुुगें।’

उनले शरीरमा शक्ति रहे हाई अल्टिच्युुड लाग्ने कुुरै नहुुने बताइन्। अन्य आरोही सहयोगी गाइडको भरमा आरोहण गर्छन्। ल्होत्से आरोहण गर्र्दा ङवाङ रप्चे शेर्पालाई साथ लिएर गएको उनले जानकारी दिइन्। त्यसपछि भने सहयोगी नचाहिने लागेर एक्लै गएको अनुुभव पनि उनले सुुनाइन्। गत शरद ऋतुुमा मात्र उनले आमादब्लम हिमाल आरोहण गरेकी थिइन्।

दोलखा रोल्वालिङ क्षेत्रमा ४२ सय मिटर उचाइमा पर्ने नागाउँमा हुुर्किएकी २७ वर्षीया निमाजाङमुु सानै उमेर देखि हिमालमै काम गरिन्। रोल्वालिङमा होटल सञ्चालन गर्ने बसेकी उनले अब फेरि गाउँमै फर्कने बताइन्। उनले वैशाख १६ मा ल्होत्से (८,५१६ मिटर), वैशाख ३१ मा सगरमाथा (८,८४८ मिटर) र जेठ ९ मा कञ्चनजंघा (८,५८६ मिटर) हिमालको सफल आरोहण गरेकी हुुन्। कठिन र निकै जोखिमपूर्ण आरोहण मानिने कञ्चनजंघा आरोहणको बाटो ल्होत्से र सगरमाथाको भन्दा लामो भए पनि कुुनै परवाह नगरी कठिन आरोहण गरेको उनी सम्झन्छिन्। उनी सामान्य आरोही नभएर साहसिक र बलियो भएको अन्तर्राष्ट्रिय गाइड पासाङ तेन्जिङ शेर्पाले बताए। निमाजाङमुुले सानै उमेरदेखि नै भारी बोकेर रोल्वालिङबाट खुुम्बुु प्रवेश गर्ने ५५ सय मिटर उचाइको टासीलाप्चालाई कार्य क्षेत्र बनाउँदै आएकी थिइन्।

गत वर्ष नर्वेकी आरोही विवेकाले एकै सिजनमा सगरमाथा र ल्होत्सेको आरोहण गरी कीर्तिमान कायम गरे पनि तीन हिमाल आरोहण गर्नेमा निमाजाङमुु विश्वमै पहिलो महिला भएकी छन्। ‘तीन हिमाल आरोहण एकै महिनामा गर्न सक्ने क्षमता जो कसैमा हुुँदैन, निमामा क्षमता छ’, आरोहण गाइड लाक्पा शेर्पाले बताए। लामो समयदेखि आरोहण सरदारका रूपमा कार्यरत अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक मिङमा ग्याल्जेनले इम्याजिन ट्रेक स्थापना गरी बहिनीलाई हिमाल आरोहणको सबै सहयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.