पक्राउ परेका ६ युवती सीआईवीलाई बुझाइयो

पक्राउ परेका ६ युवती सीआईवीलाई बुझाइयो

सिरहा : सिरहाको ठाडी नाकाहुँदै भारतीय बजार लौकहा पुगेका छजना युवतीलाई इलाका प्रहरी कार्यालय लहानले केन्द्रीय अनुसन्धान व्यूरोलाई बुझाइएको छ। भारतीय प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो।

युवतीलाई भारत पुर्‍याउने सप्तरीको सुरुङ्गा नगरपालिका १ कनकपुर बस्ने ३२ वर्षीय दिनेश राम र सोही गाउँका २७ वर्षीय प्रभानन्द चौधरीलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै झन्झारपुर कारागारमा अनुसन्धानका लागि राखिएको लहान प्रहरी प्रमुख डीएसपी गणेश चन्दले जानकारी गराए ।

डीएसपी चन्दका अनुसार ती युवती सिन्धुपाल्चौक जिल्लाको भोटेकोशी गाउँपालिका ५ का २२ वर्षीया लमु तामाङ, ३२ वर्षीया पेम्बा तामाङ, १९ वर्षीया मिलि तामाङ, ३२ वर्षीया कविता तामाङ, ५० वर्षीया डोमा तामाङ र ३० वर्षीया मुना राउत रहेका छन् ।

'प्रहरी नियन्त्रणमा रहेका युवतीलाई केन्द्रीय अनुसन्धान व्यूरोमा बुझाइएका छौँ,' डिएसपी चन्दले भने,'  प्ररम्भिक अनुसन्धान बाट  मानव बेचबिखनको प्रकृति देखिन्छ, थप अनुसन्धानका लागि सीआइवीलाई जिम्मा लगाएका हौं।'

प्रहरी नियन्त्रणमा रहेका युवतीले आफुखुशी भारत गइरहेको बताउँदै आइरहेको डिएसपी चन्दले बताए।यस्तै, लहान प्रहरीले एक बालिकालाई उद्दार गरी सुरक्षित आवासका लागि सानाहातहरु नेपाललाई जिम्मा लगाइएको छ। उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने १६ वर्षीया अनिता सदायलाई प्रहरीले लहानको शहिद चोकबाट फेला पारेको थियो।

'ती बालिकासँग वीरगंज बस्ने रोहित भन्नेले तीन महिना अगाडीदेखि नै फोनमा कुराकानी गर्दै आएको रहेछ,'डीएसपी चन्दले भने, 'बालिकालाई रोहितले लहान बोलाएका रहेछन्।तर, रोहित नआएपछि बालिकालाई बेबारिसे अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिइएको छ।'                                    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.