सडकको धुलोले हैरान स्थानीयले गरे चक्काजाम

सडकको धुलोले हैरान स्थानीयले गरे चक्काजाम

महोत्तरीः सडकबाट उडेको धुलोले घरमा बसिनसक्नु भएपछि बर्दिबास नगरपालिका क्षेत्रका बासिन्दा बिहीबार बिहान बर्दिबास–औराही–जलेश्वर सडक खण्डमा चक्का जाम गरेका छन् । 

बिहीबार बिहानैदेखि सडकमा उत्रिएका बर्दिबास नपा–२ स्थित आर्दश टोल विकास संस्थाको अगुवाईमा चक्काजाम गरिएको हो ।

सडकको धुलोले हैरान बनाएको भन्दै स्थानीयबासीले नगरपालिका कायार्ललयमा एक महिना अघि नै नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका थिए । 

त्यसपछि बुधबार मात्रै सडक डिभिजन कार्यालय जनकपुरले छेउको माटो हालेर भत्किसकेको सडकको खाल्डाखुल्डी सम्याएपछि झन् धुलो उड्न थालेको थियो । 

आदर्श टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र झाका अनुसार धुलोले घरमा बसिनसक्नु भएपछि आन्दोलित हुनु परेको हो । उनले तुरुन्त पानी छर्किए धुलो कम गर्न तथा भत्केको सडकमा ग्राभेल गर्नु पनि माग गरेका छन् । 

वडा अध्यक्ष चोलाराज प्याकुरलेका अनुसार छलफल गरेर समस्या समाधानको कोशिश भइरहेको छ । चक्काजाम गरिएपछि बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की पनि पुगेका छन् । उनले जनताको माग अनुसार नै सडकलाई सम्म्याइएपछि धुलो उडेको बताउँदै यसको पनि समाधान खोजिने जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.