ठेकेदारको लापरवाहीले लम्बिँदै ठूला आयोजना

ठेकेदारको लापरवाहीले लम्बिँदै ठूला आयोजना

फुुङलिङ : मेची र कोशी राजमार्गलाई जोड्ने तमोर नदी माथिको दोभान पुुल निर्माण सुुरु भएको नौ वर्ष भएको छ। २०७० सालमै सक्ने गरी निर्माणको जिम्मा लिएको कन्काई/मैनाचुुली/याक्थुुमहाङ कम्पनिले २०७२ असोज १५ मा सक्नेगरी पहिलो पटक म्याद थप गरे पनि हालसम्म निर्माण सकिएको छैन।

१० करोड लागतमा पुुलको ट्रष्ट जडान त सकिएको छ, तर ढलान गर्ने, रंग लगाउनेलगायतका काम बाँकी रहेको पुुल हेर्ने उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुुख कुुबेर नेपालीले बताए। ‘निरन्तर ताकेता गरेपछि मात्रै पछिल्लो समय काममा केहि प्रगती भएको हो’, कार्यालय प्रमुुख नेपालीले भने, ‘एक करोड बढीको काम अझै बाँकी छ।’ आयोजनाको निर्माण अवधी कामै नगरी गुुजारेको आरोप स्थानीयको छ। ठेकेदार कम्पनीलाई पहुुँचकै भरमा म्याद थपिएको दोभानका मानबहादुुर मोक्तान बताउँछन्।

सुुकेटार–पाथीभरा सडक निर्माण कार्य पनि सुुस्त गतिमा छ। २०७२ साल असारमा सोहि (कन्काई) कम्पनीले पूर्वकै प्रसिद्ध तिर्थस्थल पाथीभरा जाने सडक ग्राभेलको जिम्मा लिएको थियो। दुुई वर्षभित्र सुुकेटारदेखि काफ्लेपाटीसम्म नौ किलोमिटर ग्राभेल गर्ने र नाली बनाइ सक्ने सम्झौता भए पनि समयअवधिसम्म ६० प्रतिशतमात्रै काम सकिएको छ।

पाँच करोड रुपैयाँ बजेटको उक्त योजनाको म्याद गत असोजमै सकिएको हो। नेपालीले भने, ‘अहिलेसम्म ब्याक कटिङ, नाली बनाउने काम भएको छ तर ग्राभेलको सुुरु भएको छैन।’

पाथीभरा दर्शन गर्न वर्षेनी चार लाख तीर्थयात्री ताप्लेजुुङ आउने गर्छन्। अप्ठ्यारो र हिलाम्मे सडक स्तरोन्नति नहुुँदा तीर्थयात्रिले वर्षेनी सास्ती खेप्नुु परेको छ। झापाका राजकुुमार पौडेलले भने, ‘यहाँ आइपुुग्दा व्यर्थै आइएछ जस्तो हुुन्छ।’

यति धेरै भक्तजन आउने सडक निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारवाही गरिनुुपर्ने पौडेल बताउँछन्। अप्ठ्यारो सडकका कारण हुुने दुुर्घटनामा वर्षेनी तीर्थयात्रीले ज्यानसमेत गुुमाउने गरेका छन्।

काम जिम्मा लिएर समयमै नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने घोषणा सरकारले गरेको छ। तर ताप्लेजुुङमा मात्रै यस्ता लापरवाहीको सुची निकै लामो छ। यस सडकखण्डको सुुकेटारदेखि दुुई किलोमिटर कालोपत्रे गर्ने जिम्मा गत असारमा सूर्य कन्स्ट्रक्सनले लिएको थियो। तर, दुुई करोड रुपैयाँमा ठेक्का लागेको योजनाको म्याद सकिन ४५ दिन बाँकी हुुँदा कालोपत्रेको काम सुुरु पनि भएको छैन।

दोभान–सान्थाक्रा–लिङ्तेप सडकको हालत पनि उस्तै छ। प्रदेश ३ का सांसद इन्द्र बानियाँको स्वामित्वमा रहेको बानियाँ निर्माण कम्पनीले एक करोड ९० लाख रुपैयाँमा स्तरोन्नतीको ठेक्का पारेको थियो। सम्झौताको म्याद यही असारमा सकिँदैछ तर, हालसम्मको काम सन्तोषजनक नभएको उत्तर–दक्षिण लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

यस सडकखण्डमा नाली बनाउने र ग्राभेलिङ गर्ने मोतिदान/बानियाँ जेभी निर्माण सेवाले लापरवाही गरेका छन्।

१२ किलोमिटर स्तरोन्नतीको लागि नौ करोडमा २०७२ मंसिरमा ठेक्का लागे पनि म्याद सकिने बेलासम्म १५ प्रतिशत मात्रै काम भएको छ। आयोजना प्रमुुख नेपालीले भने, ‘अब रातदिन काम गरे पनि तोकिएको समयमै सकिने अवस्था छैन।’ उता ठेकेदार भने समयमै भुुक्तानी नपाएपछि काम नसकिएको जिकिर गर्छन्। ‘हामीले काम गरेको रकम ६ महिनासम्म पनि सरकारले भुुक्तानी दिएन’, एक ठेकेदारले भने, ‘चाहेर पनि काम समयमै गर्न सक्ने अवस्था छैन।’

आठराई त्रिवेणी गाउँपालिकामा पर्ने हाङपाङ र चाँगे स्वास्थ्य चौकी भवन निर्माण पनि ठेकेदारले जिम्मा लिएर अलपत्र पारेका योजना हुुन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाममार्फत् दुुवैको भवन निमार्णको ठेक्का पारेको धनकुुटाको हिमालयन कविर जेभीले हालसम्म तीन पटक म्याद थप्यो। तर, काम सक्ने छाँट छैन।

वर्षा, भौगोलिक विकटता, चुुनाव, भारतीय नाकाबन्दीजस्ता विभिन्न कारण देखाएर ठेकेदारले काममा ढिलाई गर्ने गरेको उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुुख नेपालीले बताए। यस पटक भने मन्त्रालयले भुुक्तानी दिन ढिलाई गरेकाले पनि केहि आयोजनाले काम गर्न नपाएको उनको भनाइ छ।

म्याद थपिन्छ, भवन बन्दैन

एक करोड ९१ लाख रुपैयाँमा हाङपाङ स्वास्थ्य चौकी र दुुई करोड दुुई लाख रुपैयाँमा चाँगे स्वास्थ्य चौकी निर्माणको लागि २०७१ कार्तिक २५ गते ठेक्का सम्झौता भएको थियो। तेह्रथुुमको सिंहवाहिनी माविका प्रधानाध्यापक समेत रहेका ठेकेदार तेजबहादुुर कार्कीले विविध कारण देखाएर दुुवै योजनाको म्याद पहिलो पटक २०७३ जेठ १ मा ६ महिना भित्रमा सक्ने गरी थप गर्न सफल भए। तर सो अवधिमा उनले कामै गरेनन्।

२०७३ मंसिर १ मा २०७४ असार मसान्तसम्ममा सक्ने गरी दोस्रो पटक म्याद थपेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका सूचना अधिकारी नविन झाले बताए। पहिलो पटक डिभिजन कार्यालयले म्याद थपिदिएको त्यसपछि आफूहरुले विभागमा लेखि पठाएको र विभागले दोस्रो पटक म्याद थपिदिएको झाले बताए। तर चुुनाव, वर्षालगायत विभिन्न कारण देखाउँदै दोस्रो पटक पनि उनले काम गरेनन्।

स्थानीयको समेत सिफारिस लिएर आएपछि हाङपाङ भवनको २०७४ साउन १ देखि चैत्र ३० गतेसम्म तेस्रो पटक बिना हर्जाना म्याद थपिएको बताउँदै सूचना अधिकारी झाले भने, ‘अब म्याद थप्नुु परे हर्जाना लाग्छ।’ अब समयमै सक्छुु भनेकाले सिफारिस गरिदिएको हाङपाङका वडाध्यक्ष देवी बरालले बताए। अहिले काम ठप्प रहेको भवनको झ्याल ढोकाका काठ मकाउन थालेको छ। उता चाँगे स्वास्थ्य भवनको पनि काम ठप्पै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.