पाल्पामा बस दुर्घटना : १२ को मृत्यु,१५ घाइते

पाल्पामा बस दुर्घटना : १२ को मृत्यु,१५ घाइते

पाल्पा : तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिनमा दुर्घटना भएको छ। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो।

अहिले उद्दार भइरहेको छ। आर्यभञ्याङ्ग-रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो।

पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको प्रहरीले बताएको छ। केही घाइतेलाई मिसन अस्पतालमा ल्याइएको छ।उक्त बसमा तानसेनमा रहेको लक्ष्मी बचत सहकारीका २७ जना कर्मचारी सवार थिए। घटनाको थप विवरण अाउन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.